ब्राजिलियन रोनाल्डोका नजरमा यी हुन् विश्वका सर्वोत्कृष्ट ५ खेलाडी, सूचीमा क्रिस्टियानो परेनन्

एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियो विश्वका सर्वोत्कृष्ट खेलाडीमध्यमा पर्छन् । उनलाई धेरैले इतिहासकै सर्वोत्कृष्ट फुटबल खेलाडीको रुपमा उल्लेख गर्छन्। राष्ट्रिय टोलीबाट विश्वकप जितेका उनले ब्यालोन डी’ओर अवार्ड पनि हात पारेका थिए।

खेल हेर्न रमाइलो लाग्ने वर्तमान फुटबलका ५ सुपरस्टार खेलाडीको नाम लिँदा उनी लिओनेल मेसी, इडेन हाजार्ड, मोहमद सलाह, नेयमार र किलियन एम्बाप्पे लिन्छन्। उनको सूचीमा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो पर्दैनन्।

केहि समय अगाडी एक मिडियालाई दिएको अन्तर्वार्ताको क्रममा उनले खेल हेर्न रमाइलो लाग्ने वर्तमान फुटबलका ५ सुपरस्टार खेलाडीको नाम लिएका हुन्। जसमा क्रिस्टियानो रोनाल्डो परेनन्।

“सर्वोत्कृष्ट खेलाडी मेसी नै हुन् । उनको खेल हेर्न मलाई धेरै रमाइलो लाग्छ। उनी नम्बर १ खेलाडी हुन् भन्नेमा दुइमत छैन । मेसीजस्तो खेलाडी २०-३० वर्षको अन्तरमा एकजना मात्र देख्न पाइन्छ।”,उनले भनेका थिए।

मेस्सीका अलावा इडेन हाजार्ड, मोहमद सलाह, नेयमार र किलियन एम्बाप्पे पनि हालका लागि विश्वका उत्कृष्ट खेलाडी रहेको उनी बताउँछन्। उनका अनुसार यी खेलाडीहरुले खेलले उनलाई उत्साहित बनाउँछ।

“मलाई इडेन हाजार्ड, मोहमद सलाह, नेयमारको खेल धेरै मन पर्छ। अझ एम्बाप्पे मन नपर्ने त कुरै भएन।”,उनको भनाई थियो। एम्बाप्पेलाई आफूसँग दांजिएको प्रति भने उनलाई आपत्ति छ। दुई फरक जमानाका खेलाडी बीच तुलना गरिन नहुने उनको भनाई थियो।

“एमबाप्पे र मेरो खेल्ने शैली उस्तै छ भन्नु ठिकै हुन्छ। तर दुइ फरक जमानाका खेलाडीलाई दाँज्नु उचित हुँदैन। अहिले खेल्ने स्तर र शैली पहिला भन्दा धेरै फरक भैसक्यो।”,उनले भनेका थिए।

प्रकाशित : सोमबार, माघ २७, २०७६०६:०६

सावित्रा चम्कँदा गोकुलम फाइनलमा