सावित्रा चम्कँदा गोकुलम फाइनलमा

काठमाडौं – राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीको दुई गोलमा गोकुलम केराला फुटबल क्लबले भारतीय महिला लिग (आईडब्लुएल) को फाइनलमा स्थान पक्का गरेको छ ।

सावित्राको टोलीले उनको राष्ट्रिय टोली तथा एपिएफकै सहकर्मी अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३-० ले‌ पराजित गरेको हो । प्रतियोगिताको साविक विजेता समेत रहेको सेथुबाट सावित्राले अघिल्लो सिजन खेलेकी थिइन् । सावित्राले सोमबार भएको सेमिफाइनलमा दुवै हाफमा १-१ गोल गरिन् ।

गोकुलमले २२ अौं मिनेटमा मनिषाको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा गोकुलमका लागि सावित्राले अग्रता दोब्बर पारिन् । पहिलो हाफमा नै २ गोलले अघि रहेको गोकुलमका लागि सावित्राले ८४ अौें मिनेटमा गोल गर्दै जित पक्का गरिन् ।

जारी लिगमा सावित्राले १५ गोल गरेकी छिन् । उनले टोलीले खेलका सबै ६ खेलमा गोल गरेकी छिन् । त्यसअघि उनले प्लेअफमा पनि ३ गोल गरेकी थिइन् ।

गोकुलमले अब फाइनलमा क्रिप्साको सामना गर्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा क्रिप्साले केन्क्रेलाई ३-१ ले पराजित गरेको थियो ।

प्रकाशित : सोमबार, माघ २७, २०७६१२:५५

हजार्ड दुई महिनापछि रियलको प्रशिक्षणमा, रियल अझ बलियो हुने विश्वास !