हजार्ड दुई महिनापछि रियलको प्रशिक्षणमा, रियल अझ बलियो हुने विश्वास !

एजेन्सी – करिब दुई महिनापछि बेल्जियन स्टार फरवार्ड इडेन हजार्ड रियाल म्याड्रिडको प्रशिक्षणमा फर्किएका छन् । यसै सिजन १३० मिलियन पाउन्डमा इंग्लिस क्लब चेल्सस्ीबाट रियाल आएका हजार्ड एंकल इन्ज्युरीका कारण पछिल्लो दुई महिना मैदान बाहिर रहेका थिए ।

हजार्डले नोभेम्वर अन्तिममा च्याम्पियन्स लिगको समूह चरणमा पीएसजीविरुद्धको खेलमा चोट बोक्न पुगेका थिए । त्यसयता उनी मेडिसन र रिह्यावमा व्यस्त भएका थिए । उनले सोमबारदेखि नै रियालको प्रशिक्षणमा सामेल भएका छन् । उनले अब आइतबार स्पेनिस ला लिगामा सेल्टा डि भिगोविरुद्धको खेलबाट पूनरागमन गर्न सक्नेछन् ।

चेल्सीमा लगातार उच्च प्रदर्शन गरिरहेका हजार्डले रियालमा भने सुस्त सुरुवात गरेका छन् । उनले १३ मध्ये १२ खेलमा पहिलो रोजाईमा खेल्दै १ गोल र ४ असिस्ट दिएका छन् ।  रियालका प्रशिक्षक जिनेदिन जिदानले हजार्डले सेल्टा डि भिगोसँगको खेलबाट पुनरागमन गर्न सक्ने बताएका छन् ।

‘उनलाई यो साता आवश्यक छ । उनलाई यो लामो लाग्न सक्छ । अर्काे साता उनले खेल्नेछ ।’ जिदानले भने, ‘उनको अनुपस्थितिमा हामीले स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेका छौं । च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग खेल्नुअघि हजार्ड चोट मुक्त भएर मैदान फर्कनुले टोलीमा उच्च मनोवल हुनेछ ।’ चेल्सीले इंग्ल्यान्डमा गरेको प्रदर्शन रियालमा हेर्न बाँकी नै छ ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले फ्यानवेस क्लब रियालमा उनमा ठुलो भरोसा रहेको र त्यो प्रमाणित गर्न बाँकी रहेको बताएका छन् । ‘हजार्ड सुस्त सुरुवातका लागि एक स्टार होइन । यदि उनले रियालमा राम्रो खेलिरहेका छैनन् भने, त्यहाँ केही भइरहेको हुनुपर्दछ । किनभने उ वास्तवमा राम्रो छ ।’ ग्वार्डिओलाले भने, ‘उनी शीर्ष खेलाडी होइन । उनको स्तर अर्कै छ । हामीले इंग्ल्यान्डमा के देख्यौं । उ विश्वस्तरको छ ।’

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६०४:५३

कुनै फुटबल खेलाडीले जित्न नसकेको अवार्ड मेस्सीले जिते, बनाए रेकर्ड !