कुनै फुटबल खेलाडीले जित्न नसकेको अवार्ड मेस्सीले जिते, बनाए रेकर्ड !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र फर्मुला वन विश्व च्याम्पियन लुईस ह्यामिल्टनलाई वर्ल्ड स्पोर्ट्सम्यान अफ इयर अवार्डको संयुक्त विजेता घोषणा गरिएको छ।

मेस्सी र लुईस ह्यामिल्टनलाई २०२० लौरियस वर्ल्ड स्पोर्ट्स अवार्डमा सोमबार वर्ल्ड स्पोर्ट्सम्यान अफ इयर अवार्डको संयुक्त विजेता घोषणा गरिएको हो।

वर्ल्ड स्पोर्ट्सम्यान अफ इयर अवार्डका लागि पूर्व वरिष्ठ खेलाडी व्यक्तित्वहरुले गरेको मतदान गरेका थिए। जसक्रममा मेस्सी र ह्यामिल्टनको बराबर भोट आएपछि दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो।

वर्ल्ड स्पोर्ट्स वुमन अफ द ईयर भने संयुक्त राज्य अमेरिकाकी जिमनास्ट साइमन बिल्सले जितेकी छन्। यस अवार्डमा बिल्सले लगातार दोस्रो पटक जितेकी हुन्। गत वर्ष पनि यस अवार्डमा उनलेनै जितेकी थिइन्।

यससँगै मेस्सी वर्ल्ड स्पोर्ट्सम्यान अफ इयर अवार्ड पाउने पहिलो फुटबलर बनेका छन्। यस भन्दा अगाडी कुनै पनि फुटबल खेलाडीले लौरियस वर्ल्ड स्पोर्ट्स अवार्ड अन्तर्गत स्पोर्ट्सम्यान अफ इयर अवार्ड जित्न सकेका थिएनन्।

गत वर्ष मात्रै मेस्सीले छैठौं ब्यालोन डी ओर जितेका थिए। १० पटक लालिगा जितिसकेका मेस्सीले यस अवार्ड जितेसँगै लौरियस वर्ल्ड स्पोर्ट्स अवार्डमा नयाँ रेकर्डनै बनाएका छन्। हालसम्म कुनै पनि फुटबल खेलाडीले पाउन नसकेको अवार्ड पाएसँगै मेस्सीलाई धेरै खेल व्यक्तित्वहरुबाट बधाई आएको छ।

प्रकाशित : मङ्गलबार, फागुन ०६, २०७६०५:१३

मेस्सीका छोराको रोजाईमा रोनाल्डो: यी अन्य खेलाडी पनि धेरै मनपर्छन् थिएगोलाई !