कुकुरलाई बचाउन खोज्दा सेतीनदीको खोँचमा खसे आकाश, उद्धार कार्य जारी !

काठमाडौँ – पोखरामा एक व्यक्ति सेतीनदीको खोँचमा खाएका छन्। सोमबार बिहान पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेतीनदीको खोँचमा खसेका हुन्।

पोखरा प्रहरीका अनुसार आकाश गुरुङ नाम गरेका व्यक्ति खोँचमा खसेका हुन्। खोँचमा खसेका आकाशको उमेर अन्दाजी २२-२३ वर्ष रहेको प्रहरीले जनाएको छ।

सोमबार बिहान बिहान कुकुरलाई डोहोर्‍याइरहेका गुरुङ खोँचमा खसेका थिए। पहिला कुकुर खोँचमा खसेको र कुकुरलाई बचाउने क्रममा उनी पनि खसेको बताइएको छ।

उनी खोँचमा खसेको थाहापाएसँगै स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए। स्थानीयहरुले खबर गरेसँगै खोँचमा पुगेर प्रहरीले उद्धार कार्य शुरु गरिसकेको छ।

हाल उनको उद्धार कार्य जारी रहेको बताइएको छ।

बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती

ट्राफिक नियम उल्लङ्घन गरेर नियन्त्रणमा लिइएका सवारी साधन, सवारी धनी लिन नआएपछि कास्की ट्राफिकलाई त्यसको व्यवस्थापन चुनौती बनेको छ । पोखराको पृथ्वीचोकस्थित ट्राफिक कार्यालय अगाडि वर्षौंअघिदेखिका मोटरसाइकल र स्कुटर बेवारिसे अवस्थामा छन् । खिया लागेका कबाडी अवस्थाका सवारी साधनले शहरको सुन्दरतालाई समेत असर पारेको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष रोकाले नियन्त्रणमा लिइएका सवारी साधन सवारी धनी लिन नआएपछि समस्या भएको बताए । उनका अनुसार चोरीका, पाँच वर्षदेखि नवीकरण नभएका, दुर्घटनाबाट बढी क्षति भएका, विभिन्न झमेला भएका ३६७ सवारी साधन छन् । नियन्त्रणमा लिएपछि प्रक्रिया पूरा गरेर, नवीकरण र जरिवाना तिरेपछि मात्र लैजान पाइने भए पनि त्यसको दस्तुर बढी पर्न जाने भएर सवारी धनी आउन इच्छुक नभएका हुनसक्ने उनको भनाइ छ ।

उनले सवारी धनीलाई पटकपटक ताकेता गर्दा पनि आउँछु भन्ने नआउने र पछि सवारी मेरो होइन, सवारी धनी विदेश गएको छ भन्ने जस्ता जवाफ दिने गरेका बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले कास्की मात्र नभई देशभरि नै यस्तो समस्या भएको  बताए  ।

प्रकाशित : सोमबार, माघ २७, २०७६०५:१३

त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकै बालिकाको शव फेला!