त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकै बालिकाको शव फेला!

काठमाडौँ, माघ २७ । त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकको झाडीमा जेब्रा झोला भित्र शिशुको शव फेला परेको छ । जेब्रा झोला भित्र हालेर फालिएको अवस्थामा भर्खरै जन्मिएको बालिका शिशुको शव फेला परेको हो ।

शिशुको शव कसले फालेको भन्ने नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।

हटेन ढिके नुनको प्रयोग गर्ने बानी
रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ । साल्ट टे«डिङ कर्पाेरशनद्वारा वितरित आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन ।

सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ ।

सस्तो र सजिलो भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताउनुभयो । बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ । ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको उहाँले जानकारी दिनुभयो । ढिके नुनको प्रतिकिलो २० रुपैँया र आयोडिनयुक्त नुन रु ३० पर्ने बताइएको छ । ‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताउनुभयो । सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।

प्रकाशित : सोमबार, माघ २७, २०७६०६:२८

कतार, माल्दिभ्स पठाईदिन्छु भनेर पैसा लिएपछि ‘बेपत्ता’, लोकन्थलीबाट पक्राउ !