ज्योतिष शास्त्रमा, मंगल ग्रहको राशि परिवर्तनलाई निकै महत्त्वपूर्ण मानिन्छ। सैन्य, शक्ति, युद्ध, क्रोध र पराक्रमका कारक, मंगल ग्रहले ८ फेब्रुअरीमा वृश्चिक राशिबाट बृहस्पतिको धनु राशिमा गोचर गरेको छ। मंगल ग्रह यस राशिमा २२ मार्च २०२० सम्म रहनेछ। यस पछि यो मकर राशिमा सर्नेछ। यस्तो अवस्थामा, मंगल ग्रहको गोचरको प्रभाव सकरात्मक रहनेछ। यसले हरेक राशिहरुमा भने फरक-फरक प्रभाव पार्नेछ। तर यी पाँच राशिहरुका लागि भने मंगल ग्रहको यस गोचर निकै नै शुभ रहनेछ। आउनुहोस्, मंगलको राशि परिवर्तनले, कुन-कुन राशिमा शुभ प्रभाव पार्नेछ भन्ने बिषयमा चर्चा गरौँ।
मेष राशि:
कैयौं योजनाहरुमा सफलता मिल्नेछ। राम्रो आर्थिक लाभ हुने पनि देखिन्छ। यस गोचरका कारण, मेष राशिका व्यक्तिहरुका आत्मविश्वास बढ्नेछ। पुराना समस्याहरुबाट छुट्कारा मिल्ने योग रहेको छ। जागिरमा पदोन्नति हुनुका साथै मान-सम्मानको पनि योग बनिरहेको छ।
कर्कट राशि:
यात्राको लागि पनि राम्रो योग रहेको छ। शत्रुहरुबाट छुट्कारा मिल्नेछ। यस समयमा, आफुले गरेको कामको राम्रो परिणामहरु प्राप्त गर्नुका साथै पुरानो ऋणबाट पनि छुट्कारा पाउने देखिन्छ।आवश्यक कुराका लागि धन खर्च हुनेछ। बैदेशिक यात्राको सोचमा हुनुहुन्छ भने, यस समय निकै अनुकुल देखिन्छ।
सिंह राशि:
बढ्दो आदर र सम्मानको योग रहेको हुदा कार्यमा पनि खुशी रहनेछ। यस गोचरका कारण सिंह राशिका व्यक्तिहरुका कार्य क्षेत्रमा निकै सकारात्मक परिवर्तनहरु देखा पर्नेछ। जागिरको खोजीमा हुनुहुन्छ भने, सफलता प्राप्त हुने देखिन्छ। प्रतिस्पर्धाको दौडमा पनि अग्रस्थान प्राप्त हुनेछ।
तुला राशि:
यस समय, तुला राशिहरुको प्रगति र धन लाभको योग देखिन्छ। साहस तथा पराक्रम बढ्नेछ। आफ्नो व्यक्तिगत प्रयासको माध्यमबाट जीवनमा निकै सफलता प्राप्त हुने देखिन्छ। सामाजिक कार्यमा मन जानुका साथै मान-सम्मान पनि बढ्नेछ। कार्यक्षेत्रमा पनि राम्रो परिणाम प्राप्त हुने देखिन्छ।
कुंभ राशि:
काममा सफलता मिल्नुका साथै मान-सम्मान पनि बढ्नेछ। कैयौँ दिन देखि अड्किएको कामहरु सम्पन्न हुनेछ। सरकार तथा राज्य पक्षसँग राम्रो सम्बन्ध बन्नेछ, जसबाट राम्रो लाभ पनि उठाउन सक्नुहुनेछ। यस समयमा गरिएको कामले भविष्यमा निकै लाभ उठाउने देखिन्छ। तिर्थ यात्राको लागि पनि शुभ योग रहेको छ।