काठमाडौँ – पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको घरमा काम गर्ने विजय चौधरीले ज्यान लिएको खुलेको छ।
घरमा रहेको सीसीटीभीको भिडियो फुटेजमा चौधरीले कार्की माथि आ-क्रमण गरेको देखिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सीसीटीभीको भिडियो फुटेजमा यस्तो देखिएको प्रहरीको भनाई छ।
घरमा रहेको सिसिटिभी फुटेजमा चौधरीले कार्कीलाई पिर्काले हानेको दृश्यनै देखिएको बताइएको छ। जसपश्चात चौधरीले आफैंलाई नाइलनको डोरीको पा-सो लगाएका थिए।
सोमबार बिहान सानेपा स्थित पूर्वसचिव अर्जुन कुमार कार्कीको घरमा उनकी श्रीमती मुना कार्कीको अचेत अवस्थामा फेला परेकी थिइन् भने घरमा काम गर्ने चौधरी मृत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा फेला परेकी कार्कीलाई पछि मृत घोषणा गरिएको थियो।
घटना हुँदा घरमा कोहि पनि थिएनन्। पूर्वसचिव अर्जुन कुमार कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको समयमा घटना घटेको बताइएको छ।
कार्कीका एक छोरा र दुई छोरी रहेका छन्। घरमा रहेकी अर्की कामदार कार्कीका छोरालाई विद्यालय पुर्याउन गएका बेला घटना भएको प्रहरीको भनाई छ।