नेहा कक्कडको गीतमार्फत बलिउडमा डेब्यु गर्दै नेपाली नायिका रिस्ता!

काठमाडौँ, माघ २७ । चलचित्र ‘होस्टल’ मार्फत  नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका रिस्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । बस्नेतले भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वर रहेको गीतमा अभिनय गर्न लागेकी हुन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत यस कुराको जानकारी दिएकी हुन्।

उक्त गीतमा नायिका रिस्तासंग टिकटक स्टार मन्जुल कट्टरले स्क्रिन शेयर गर्दैछन् । बस्नेतले  सिर्जना सुत्रबाट उक्त काम पाएकी हुन्।  गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले नै निर्देशन गर्दै छन्  ।

यस गितमा पुनित अवस्थीले संगीत भरेका छन्। भिडियोलाई टिकुम शर्माले  निर्माण गर्दै छन्। भिडियोमा  पुरुसोत्तम प्रधानको छायांकन र बिपिन मल्लको सम्पादन रहने छ ।

प्रकाशित : सोमबार, माघ २७, २०७६१२:१९

भ्यालेन्टाइन डे नजिकिदै: आफ्नो पार्टनरलाई दिनुहोस यी ५ उपहार!