भ्यालेन्टाइन डे नजिकिदै: आफ्नो पार्टनरलाई दिनुहोस यी ५ उपहार!

नजिकिदै गरेको प्रणय  दिवस अर्थात् भ्यालेन्टाइन डेलाई लिएर प्रेमी-प्रेमिकाहरुको उत्साह  बढेको छ । ७  फेब्रुअरीबाट  भ्यालेन्टाइन वीक सुरु हुन्छ र  १४ फेब्रुअरीमा  युवा कपल भ्यालेन्टाइन डे मनाउँछन् ।

भ्यालेन्टाइन डेमा आफ्नो पार्टनरको लागि उपहार पनि किन्छन् । तपाई यदि ट्राभल लबर हुनुहुन्छ भने तपाईले उपहार दिने यस्तो विकल्प छ जुन सधैँभरि सम्झिन सक्नुहुन्छ  ।

क्यामेरा

जिन्दगीको सुन्दरपललाई कैद गर्नको लागि एक क्यामेराभन्दा राम्रो उपहार के हुन सक्छ त ।  आजकल धेरै मान्छेहरु  धेरै  स्मार्टफोनमा समय बिताउँछन्  तर एक ट्राभलरको लागि  प्रोफेशनल  क्यामेराको महत्व  धेरै हुन्छ । अहिले कम पैसामा राम्रो  डीएसएलआर क्यामेराको रेन्ज सुरु हुन्छ । यो उपहार दिनु तपाईलाई सार्थक हुनेछ। तपाई दुवैजनाले आफ्नो खुशीपूर्ण पललाई सजाउन सक्नुहुन्छ ।

घडी


तपाई आफ्नो ट्राभल लवर पार्टनरलाई घडी गिफ्ट दिन सक्नुहुन्छ  । यात्रा  गर्ने मान्छेलाई घडी निकै मनपर्छ । तपाई आफ्नो  पार्टनरको लागि राम्रो मोडलको घडी किन्न सक्नुहुन्छ ।  डायलमा  वर्ल्ड म्याप बनेका वा ट्राभलर प्रकृतिको बनेको घडी दिन सक्नुहुन्छ । यसो गर्दा प्राय समय हेर्ने  समयमा तपाईलाई पार्टनरको याद आउनेछ ।

ह्यामोक


घुम्ने समयको लागि ह्यामोक एक राम्रो टुल हुन सक्छ  ।  कतै घुम्न जानेक्रममा कुनै दुई रुखमा बाधेर सुत्न निकै सजिलो हुन्छ । कैयौँ  मान्छेले यसलाई घरमा बगैँचामा  राख्छन् । यो पनि तपाईको पार्टनरको लागि निकै राम्रो गिफ्ट हुन सक्छ ।

ब्याग


ट्राभलरको लागि एक निकै राम्रो गिफ्ट भनेको ब्याग पनि हो  । ब्याग यस्तो होस जुनमा धेरै कपडा र सामान अटोस । तपाई आफ्नो  पार्टनरलाई यो पनि गिफ्ट दिन सक्नुहुन्छ  । हरेक यात्रामा तपाईको पार्टनरले तपाईलाई याद गर्नेछन्  ।

तस्विर


भ्यालेन्टाइन डेमा तस्विर  उपहार दिनुको धेरै फाईदा रहेको छ  । तपाईको पार्टनर जब पनि यात्रामा जानेछन् तब यी तस्विर देखेर तपाईलाई याद गर्नेछन् । तपाई उनको हरेक  ट्रिपमा सँगै नभए  पनि उनले तपाईलाई याद गर्नेछन्  ।

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६०७:०४

टिभी होस्टको यस्तो प्रश्नमा यी मोडलले सडकमै कपडा खोलेर स्त’न देखाएपछि…