अमेरिकाको पूर्व राष्ट्रपति बराक ओबामा र उनको श्रीमती मिशेल ओबामाको प्रोडक्शन कम्पनी हायर ग्राउन्ड प्रोडक्शंनको पहिलो फिल्म ‘अमेरिकन फ्याक्ट्री ‘ लाई सर्वश्रेष्ठ डकुमेन्ट्री फिल्मलाई अस्कर अवार्ड मिलेको छ । यस क्याटगरीमा अमेरिकन फ्याक्ट्री बाहेक द केव, द एज अफ डेमोक्रेसी, फर सामा र हनील्यान्डलाई नामांकन मिलेको थियो ।
यस अवार्डलाई लिनको लागि स्टेवन बोगनर र जुलिया रेइचर स्टेजमा गएका थिए । यस खास मौकामा मिशेल ओबामाले ट्वीट गरेर आफ्नो पुरै टिमलाई बधाई दिएका छन् । मिशेल ओबामाले लेखेका छन्,”सर्वश्रेष्ठ डकुमेन्ट्री फिल्मको अस्कर अवार्ड जितेकोमा जूलिया, स्टेवन र पूरै कास्टलाई शुभकामना। तपाईहरुको ईमान्दारी देखेर खुशी भयौ।”
फिल्ममा अमेरिकाको ओहियो प्रांतमा चीनी कम्पनी फूयाओको कारखानाको कहानीलाई देखाइएको छ । आलोचकका अनुसार यस डकुमेन्ट्री मार्फत २१ औँ शताब्दीमा संसारको अर्थव्यवस्थालाई देखाईएको छ । मिशेल ओबामालाई उनको अडियो बुक बिकमिंगको लागि ग्र्यामी पुरस्कारबाट सम्मानित गरिएको छ । यस किताबमा मिशेल ओबामाले आफ्नो जीवन र प्रथम महिला वाइट हाउसमा बिताएको अनुभवलाई शेयर गरिन् । योभन्दा पहिला अमेरिकाको पूर्व राष्ट्रपति बराक ओबामालाई यस श्रेणीमा २००६ मा ‘ड्रीम्स फ्रम माई फादर’ र २००८ मा ‘द अडेसिटी अफ होप’ को लागि ग्र्यामी पुरस्कारबाट सम्मानित गरिसकेको छ ।