यसकारण यी चर्चित अभिनेत्रीले गरिन ५ पटक विवाह, अहिले फेरी डिभोर्स!

केहि दिन पहिले चर्चित अभिनेत्री, मोडल  तथा  रियालिटी शो बिग बोस सीजन-४ को प्रतियोगी पामेला एंडरसनले बिहेको भएको  १२ दिनमै श्रीमान  जन पीटर्सलाई  डिभोर्स दिएकी छन् । त्यसपछि निर्माता जन पीटर्स मिडियामा आएका छन् ।  उनले  पामेला एंडरसनलाई २ लाख डलर बराबरको पैसा तिरेको दाबी गरेका छन्।  त्यस्तै जनले पामेलाको लागि नयाँ कपडा पनि किने । पीटर्स अनुसार पामेलाले उनको पैसाको लागि बिहे गरेकी थिइन्।

पामेला एंडरसन र  जन पीटर्सले लामो समयसम्म एक-अर्कालाई डेट  गरेपछि बिहे गर्ने फैसाला लिएका थिए । तर हाल पामेला एंडरसनले विवाह भएको केहि दिनमै अलग हुनको लागि बयानमा यस्तो भनेकी थिइन् दिएकी थिइन् । उनले यस्तो भनेकी थिइन्, ‘ मैले र जनले विवाहलाई  राम्रो मोडमा समाप्त  गरेका छौ  । म तपाईको  समर्थनको लागि  निकै आभारी रहेको छु, किनकि हामी दुवैलाई पुन मुल्यांकन गर्न जरूरी छ कि हामी एक-अर्काको जिन्दगीबाट के चाहन्छौ।’

पामेलाको उमेर ५२ वर्ष हो भने जन उनीभन्दा २० वर्ष ठुला हुन्  ।  जन ‘ब्याटम्यान’ निर्माताको रुपमा चिनिन्छन्  । पामेलाले   जन पीटर्सभन्दा  पहिला  टमी ली  र किड रकसँग बिहे गरेकी थिइन् । त्यसपछि उनले  रिक सलोमनसँग दुईपटक बिहे गरेकी थिइन्  । पामेला  भारतीय रियालिटी शो बिग बोस सीजन-४ मा देखिसकेकी छन्  । पामेला बिग बोसको  घरमा   तीन दिनसम्म रहेकी थिइन् र  उनले यसको भारी रकम लिएकी थिइन्  ।

प्रकाशित : बिहिबार, फागुन ०१, २०७६११:०२

बेहुली हुँदा ‘धपक्कै बलिन्’ आँचल शर्मा, हेर्नुहोस् पाँच लुक्स [फोटो सहित]!