बराक र मिशेल ओबामाको प्रोडक्शन कम्पनीको यस फिल्मले पायो अस्कर अवार्ड!

अमेरिकाको  पूर्व राष्ट्रपति बराक ओबामा र उनको श्रीमती  मिशेल ओबामाको  प्रोडक्शन कम्पनी  हायर ग्राउन्ड  प्रोडक्शंनको पहिलो  फिल्म ‘अमेरिकन फ्याक्ट्री ‘ लाई  सर्वश्रेष्ठ डकुमेन्ट्री  फिल्मलाई  अस्कर अवार्ड मिलेको छ । यस क्याटगरीमा   अमेरिकन फ्याक्ट्री बाहेक  द केव, द एज अफ डेमोक्रेसी, फर सामा र हनील्यान्डलाई  नामांकन  मिलेको थियो ।

यस अवार्डलाई लिनको लागि स्टेवन बोगनर र जुलिया रेइचर स्टेजमा गएका थिए ।  यस  खास मौकामा  मिशेल ओबामाले ट्वीट गरेर आफ्नो पुरै टिमलाई बधाई दिएका छन् । मिशेल ओबामाले लेखेका छन्,”सर्वश्रेष्ठ डकुमेन्ट्री फिल्मको अस्कर अवार्ड जितेकोमा जूलिया, स्टेवन  र पूरै  कास्टलाई  शुभकामना। तपाईहरुको ईमान्दारी देखेर खुशी भयौ।”

फिल्ममा  अमेरिकाको  ओहियो प्रांतमा  चीनी  कम्पनी  फूयाओको कारखानाको कहानीलाई देखाइएको छ । आलोचकका  अनुसार यस  डकुमेन्ट्री मार्फत  २१ औँ शताब्दीमा संसारको अर्थव्यवस्थालाई देखाईएको छ । मिशेल ओबामालाई उनको अडियो बुक  बिकमिंगको लागि  ग्र्यामी  पुरस्कारबाट सम्मानित गरिएको छ  । यस  किताबमा   मिशेल ओबामाले आफ्नो जीवन र प्रथम महिला वाइट हाउसमा  बिताएको  अनुभवलाई शेयर गरिन् । योभन्दा पहिला  अमेरिकाको  पूर्व राष्ट्रपति बराक ओबामालाई यस श्रेणीमा २००६ मा  ‘ड्रीम्स फ्रम माई फादर’ र २००८ मा   ‘द अडेसिटी अफ होप’ को लागि ग्र्यामी पुरस्कारबाट सम्मानित गरिसकेको छ ।

प्रकाशित : बुधबार, माघ २९, २०७६११:३८

यसकारण यी चर्चित अभिनेत्रीले गरिन ५ पटक विवाह, अहिले फेरी डिभोर्स!