चितवनमा सुन्तली र सन्दिपबीच झगडा [तस्विर]!

काठमाडौँ, माघ २९ । फागुन ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सेन्टि भाइरस’ मा समावेश  एक गितको अहिले चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन भएको छ । चलचित्र ‘सेन्टि भाइरस’ को प्रमोशनल गित सोमबार छायांकन गरिएको हो ।

‘पार्टी जिताइदे’ बोलको गितमा कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राई फिचर्ड छन् ।  भिडियोलाई फिल्मका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । जसमा दुई पार्टि बिचको झै-झगडालाई देखाउन खोजिएको छ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ मा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । सुबिहानी फिल्मसको ब्यानरमा धुर्मुस-सुन्तलीले निर्माण गरेको फिल्मलाई कुमार कट्टेल र दीपक आचार्य मिलेर लेखेका हुन् । फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ ।

प्रकाशित : बुधबार, माघ २९, २०७६०६:१८

काठमाडौँको यस स्थानबाट विवाह गर्दै आँचल शर्मा, तोकियो विवाह मिति!