९ वर्ष पहिले यस फिल्ममा देखाईएको थियो ‘कोरोना’ जस्तै भाइरसको कहानी!

चीनबाट फैलिएको कोरोना भाइरसले अहिले संसारभर तहल्का मच्चाईरहेको छ । यस भाइरसले चीनलाई तनाब निम्त्याएको छ । चीनमा  कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या बढेर १११० पुगेको छ  ।

चीनमा अहिलेसम्म ४२,७०८ मामिला  बाहिरिएको छ  । विदेशमा ३९० मामिला  पुष्टि भईसकेको छ । यसै  बीच सोशल मिडियामा एक फिल्म भाइरल भईरहेको छ । यसको कारण हो यस फिल्मको  विषय । वास्तवमा  यस  फिल्ममा  एक भाइरस फैलिने कहानी देखाईएको थियो । २०११ मा आएको स्टीवन सोडरबर्गको  फिल्म ‘कंटेजियन’ अहिले सोशल मिडियामा ट्रेन्ड भईरहेको छ । यस फिल्ममा  ग्वेनिथ पल्ट्रो, मारिन कोटिलार्ड, ब्रेयान क्रेन्सटन, मैट डेमन, लरेन्स फिशबर्न, जूड ल, केट विंसलेट र जेनिफरले अभिनय गरेका थिए ।

यो फिल्म  सार्स २००३ मा २००९ मा फैलिएको  स्वाइन फ्लूको भाइरसमा  आधारित थियो । सोशल मीडियामा यस फिल्मलाई लिएर   ट्वीट गरिरहेका छन्। साथै केहिले कोरोना  भाइरस  र  यस फिल्मको  विषयमा  समानता रहेको बताएका छन्  । ४२  हजारभन्दा धेरै मान्छे यस भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म यस भाइरसको कुनै पनि उपचार रहेको छैन । अस्ट्रेलिया, ब्रिटेन, चीन, फ्रान्स  र जर्मनीमा  विशेषज्ञको कैयौँ  दल यस भाइरसको उपचार खोज्ने कोसिस गरेका छन् ।

प्रकाशित : बिहिबार, फागुन ०१, २०७६०८:४४

यस्तो बन्यो पल र पुजाको ‘म यस्तो गित गाउछु २’ को ट्रेलर [भिडियो]