यस्तो बन्यो पल र पुजाको ‘म यस्तो गित गाउछु २’ को ट्रेलर [भिडियो]

काठमाडौँ, फागुन १ । चलचित्र ‘म यस्तो गित गाउछु २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माब बिचको प्रेम र रोदनलाई देखाइएको छ । साथै पल र पुजा नै फिल्ममा गायक र गायिकाको भूमिकामा अरहेको अनुमान लगाउन सकिन्छ।

सुदर्शन थापाले निर्देशन गरेको यस फिल्ममा पल शाह र पुजा शर्माबाहेक कलाकार दिनेश डिसी, हरिहर शर्मा, राजा राजेन्द्र पोख्रेल, गणेश गिरि, सोनीका रोकाया लगायतको अभिनय रहनेछ।

फिल्मको गीतमा चर्चित गायक सुगम पोख्रेल, अन्जु पन्त, सोनाम तोप्देन, सनिश श्रेष्ठ, सुरेश लामा, अस्मिता अधिकारीको स्वर रहेको छ । साथै अर्जुन पोख्रेलको संगीत रहेको छ। सुदर्शन थापाकै कथा रहेको यस फिल्मलाई थापा र पुजा शर्माले निर्माण गरेका हुन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी  रहेको छ ।

प्रकाशित : बिहिबार, फागुन ०१, २०७६०९:१४

बिहेको हल्लाबीच यस्तो बोल्ड अवतारमा देखिईन मलाइका!