चीनबाट फैलिएको कोरोना भाइरसले अहिले संसारभर तहल्का मच्चाईरहेको छ । यस भाइरसले चीनलाई तनाब निम्त्याएको छ । चीनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या बढेर १११० पुगेको छ ।
चीनमा अहिलेसम्म ४२,७०८ मामिला बाहिरिएको छ । विदेशमा ३९० मामिला पुष्टि भईसकेको छ । यसै बीच सोशल मिडियामा एक फिल्म भाइरल भईरहेको छ । यसको कारण हो यस फिल्मको विषय । वास्तवमा यस फिल्ममा एक भाइरस फैलिने कहानी देखाईएको थियो । २०११ मा आएको स्टीवन सोडरबर्गको फिल्म ‘कंटेजियन’ अहिले सोशल मिडियामा ट्रेन्ड भईरहेको छ । यस फिल्ममा ग्वेनिथ पल्ट्रो, मारिन कोटिलार्ड, ब्रेयान क्रेन्सटन, मैट डेमन, लरेन्स फिशबर्न, जूड ल, केट विंसलेट र जेनिफरले अभिनय गरेका थिए ।
यो फिल्म सार्स २००३ मा २००९ मा फैलिएको स्वाइन फ्लूको भाइरसमा आधारित थियो । सोशल मीडियामा यस फिल्मलाई लिएर ट्वीट गरिरहेका छन्। साथै केहिले कोरोना भाइरस र यस फिल्मको विषयमा समानता रहेको बताएका छन् । ४२ हजारभन्दा धेरै मान्छे यस भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म यस भाइरसको कुनै पनि उपचार रहेको छैन । अस्ट्रेलिया, ब्रिटेन, चीन, फ्रान्स र जर्मनीमा विशेषज्ञको कैयौँ दल यस भाइरसको उपचार खोज्ने कोसिस गरेका छन् ।