आजदेखि भक्तपुरको यस स्थामा सवारी साधन प्रवेश निषेध!

भक्तपुर नगरपालिकाले आजदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले आजदेखि नगरपालिकाको भित्री बस्तीमा समेत सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो । भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं पैदलयात्रीको सुरक्षाका लागि नगरपालिकाले आजदेखि लागू हुनेगरी अपराह्न सवारी प्रवेश निषेध गर्ने व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

मालवाहक टिपर, ट्रकलगायत भारी सवारी साधन विभिन्न नाकाबाट नगरको पुरानो बस्तीभित्र सवारी प्रवेश गर्ने गरेको पाइएकाले आजदेखि सो क्षेत्रमा निषेध गरिएको बताइएको छ ।

मिनी टिपर, मिनी ट्रकलगायत मझौला सवारी साधन दिउँसो प्रवेशमा रोक लगाइने र साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र प्रवेश अनुमति दिइने उहाँको भनाइ छ । त्यसै गरी सम्पदास्थल र त्यसवरपरका क्षेत्र दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन पार्किङस्थल बनेकाले आजैदेखि ती क्षेत्रमा पार्किङ पनि निषेध गरिएको छ ।

लालबन्दी नगरपालिकाको कार्यालय भवन शिलान्यास
लालबन्दी नगरपालिकाको कार्यालय भवनको निर्माण शुरु भएको छ  । नगरपालिकाका प्रमुख मानबहादुर खड्काले सो भवनको बिहीबार शिलान्यास गर्नुभएको हो ।

रु एक करोड १० लाखको लागतमा निर्माण हुने उक्त भवन छ महिनामा सम्पन्न गर्ने गरी हिना कन्ट्रक्सनले ठेक्का पाएको नगरपालिकाका प्रवक्ता एव्म वडा नं। ८ का अध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : बिहिबार, फागुन ०१, २०७६१२:५५

खुल्यो रश्मि-सिद्धार्थको सम्बन्धको राज!