मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
दिन आध्यात्मिक दृष्टिबाट अच्चम्म साबित हुनेछ । गूढ र रहस्यमय विद्या सिक्नमा रुचि रहनेछ । आध्यात्मिक सिद्धि मिल्ने योग रहेको छ । नयाँ कार्नय सुरुवात गर्एनको लगुई शुभ समय रहेको छैन । क्रोध र बोलीमा ध्यान राख्नुहोला ।
वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)
दाम्पत्यजीवन को विशेष आनन्द मिल्नेछ । प्रेमी र मित्रसँग उत्तम भोजन गर्नुहुनेछ । विदेशमा बस्ने प्रेमीको समाचार मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । व्यापारिको व्यपारमा वृद्धि हुनेछ । सामाजिक एवं सार्वजनिक क्षेत्रमा यश एवं प्रतिष्ठा प्राप्त हुनेछ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
कार्य सफलता र यश एवं कीर्ति प्राप्त गर्नको लागि शुभ दिन रहेको छ । घरमा सुख शान्तिको वातावरण रहनेछ । शारीरिक र मानसिक रुपबाट स्वस्थ रहनुहुनेछ । आर्थिक लाभ होला । स्वभावमा क्रोध रहनेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)
शारीरिक र मानसिक अस्वस्थतको कारण बेचैन रहनुहुनेछ । प्रेमीसँग वाद-विवादको कारण मनमुटाव हुनेछ । विपरीत लिंगीय व्यक्ति प्रति आकर्षणले तपाईलाई संकट पार्नेछ । यात्रा, प्रवास र नयाँ कार्यको सुरुवात नगर्नुहोला ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
परिवारमा मनमुटावको वातावरण रहनेछ । आमाको स्वास्थ्य खराब होला । मनमा नकारात्मक विचार आउनाले उदास रहनुहुनेछ । जमीन, पसल आदिको पत्रमा हस्ताक्षर नगर्नुहोला । पेसा-व्यवसायमा चिन्ता रहनेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
शारीरिक- मानसिक स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धिक चाल निष्फल रहनेछ । भाग्यवृद्धिको योग हुनाले कनै पनि कार्यमा अविचारी कदम हुनाले हानि हुनेछ । गूढ र आध्यात्मिक मामलामा सिद्धि मिल्नेछ ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
तपाईको मानसिक स्थिति द्विधापूर्ण रहनेछ । जसकारण महत्त्वपूर्ण निर्णय नलिनुहोला । नयाँ कार्य प्रारम्भ नगर्नुहोला । तपाई आफ्नो जिद्दी भावना छोडेर समस्या समाधन गर्नुपर्नेछ । आर्थिक लाभ होला । स्वास्थ्यको ध्यान राख्नुहोला ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
परिवारसँग दिन आनन्दमय रहनेछ । शारीरिक र मानसिक प्रसन्नता रहनेछ । प्रिय व्यक्तिसँगको भेट सफल र आनन्दमय रहनेछ । मित्र तथा प्रेमीबाट उपहार मिल्नेछ । आनन्ददायक यात्रा हुनेछ । दाम्पत्यजीवनमा मधुरता रहनेछ ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
तपाईको दिन कष्टदायक रहनेछ । पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ । स्वभावमा क्रोध र आवेश रहनेछ । स्वास्थ्य खराब हुनेछ । बोलि र व्यपारमा ध्यान राख्नुहोला । दुर्घटनाबाट बच्नुहोला । पैसाको अत्यधिक खर्च हुनेछ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
तपाईको घरमा कुनै शुभ प्रसंगको आयोजन हुनेछ । कुनै वस्तु किन्नको लागि शुभ दिन रहेको छ । शेयर- सट्टाको प्रवृत्तिमा धन लाभ हुनेछ । मित्र र आफन्तसँगको भेटले आनन्दित गर्नेछ । सामाजिक क्षेत्रमा पेसा व्यवसायमा लाभ मिल्नेछ ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
तपाईको सबै कार्य सरलतासँग सम्पन्न हुनेछ । पेसा – व्यवसायको क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ । तपाई मानसिक रूपबाट राहत महसुस गर्नहुनेछ । स्वास्थ्य राम्रो रहनेछ । मान- सम्मान बढ्नेछ । गृहस्थ जीवनमा आनन्दको अनुभव हुनेछ ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )
तपाई तन-मनबाट थकान तथा बेचैनीको अनुभव गर्नुहुनेछ । सन्तानको समस्याले तपाईलाई चिन्तित गर्नेछ । पेसामा उच्च पदाधिकारिसँग वादविवाद हुनाले रिसाहट झेल्नुपर्नेछ । नकारात्मक विचारबाट मन घेरिरहनेछ । सरकारको तर्फबाट कुनै समस्या खडा हुनेछ ।