भोलि चैत्र महिनाको पहिलो मंगलबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन  थकान, आलस्य र व्यग्रताकोअनुभवमा बित्नेछ।  कुरै कुरामा क्रोधित हुनुहुनेछ ।जसकारण कार्य नाबिग्रोस यस कुराको ध्यान राख्नुहोला  , व्यापारको   स्थान वा घरमा कसैको मनमा दुख नपुगोस यस कुराको ध्यान राख्नुहोला । कुनै  धार्मिक वा मांगलिक कार्यमा जानुहुनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिकरुपबाट  अस्वस्थताको  अनुभव गर्नुहुनेछ । कुनै नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। खान-पानमा  विशेष ध्यान राख्नुहोला । स्वास्थ्य  बिग्रिन  सक्ला ।  निश्चित समयमा तपाईको कार्य पूर्ण नहोला । योग-ध्यानले  मानसिकरुपबाट शान्त रहनुहुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन  मनोरंजन तथा आनन्द -प्रमोदमा  व्यस्त रहनेछ । मित्र तथा परिवारसँग आनन्दित वातावरणमा दिन बिताउनुहुनेछ । सामाजिक रुपबाट   सम्मान र  प्रसिद्धि पनि प्राप्त गर्नुहुनेछ । दाम्पत्यजीवनमा सुख प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको लागि दिन आनन्ददायक सफलता प्राप्त गर्ने खालको रहेको छ । परिवारसँग  समय सुखपूर्वक बित्नेछ । आवश्यक कार्यमा  खर्च हुनेछ । आर्थिक लाभको लागि राम्रो दिन रहेको छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ । सिर्जनात्मकता पुरै तरिकाले आउनाले  सिर्जानात्मक  कार्य सुन्दर रुपमा सम्पन्न हुनेछ । सन्तानको  शुभ समाचार मिल्नेछ । मित्रसँग भेट आनन्ददायी रहनेछ। धार्मिक परोपकार  कार्य गर्नुहुनेछ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

समय अनुकूल रहेको छैन । कैयौँ कुरालाई लिएर तपाईमा चिन्ता रहनेछ , जसकारण तपाई  शारीरिक तथा मानसिक रुपबाट  अस्वस्थताको अनुभव गर्नुहुनेछ। परिवारको सदस्यसँग झगडा हुनेछ । पैसाको खर्च हुनेछ  ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भाग्यवृद्धि हुनेछ । कुनै धार्मिक यात्राको आयोजन हुन सक्छ । नयाँ कार्यको प्रारम्भको लागि शुभ दिन रहेको छ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । विदेशबाट शुभ समाचार मिल्नेछ ।  सम्मान प्राप्त हुनेछ  ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

तपाईको लागि दिन  मध्यम फलदायी रहेको छ । बोलिमा ध्यान राख्नुहोला । विचारमा  नकारात्मकता छाई रहनेछ । धार्मिक हेतुबाट  खर्च हुन् सक्छ । विधार्थीको लागि  समय अधिक अनुकूल रहेको छैन ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

तपाईको  दिन निर्धारित गरिएको कार्य पूर्ण गर्नाले बित्नेछ ।  शारीरिक तथा मानसिक स्वस्थताले तपाईलाई  प्रसन्न राख्नेछ।  आफन्तसँग मिल्नाले  मन आनन्दित रहनेछ । निकटको प्रेमीसँग शुभ प्रसंग उपस्थित हुनेछ  ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मन अस्वस्थ रहनेछ । धार्मिक, सामाजिक कार्यमा पैसा खर्च हुनेछ । आफन्त र मित्रसँग झगडा हुनेछ। धनहानि र मानहानिको  योग रहेको छ । बोलिमा ध्यान राख्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यस  समय मिल्ने लाभको आनन्द दुई गुणा हुनेछ । नयाँ  कार्यको आयोजनको लागि कार्यको प्रारम्भ सिद्द हुनेछ । व्यपारीको  व्यापारमा  विशेष लाभ हुनेछ । सामाजिक क्षेत्रमा  कीर्ति  मिल्नेछ । सन्तानसँग मेलमिलाप रहनेछ । आय बढ्नेछ ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

तपाईको  दिन शुभ फलदायी रहेको छ। पेसा वा व्यापारमा तपाईले सफलता मिल्नेछ । यस कुराले तपाईको मनमा  प्रसन्नता वृद्धि हुनेछ । पारिवारिक आनन्दले तपाई आनन्दित रहनेछ  ।

प्रकाशित : सोमबार, चैत ०३, २०७६१५:०३

आज चैत्र ५ गते बुधबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!