भारतीय भूमिमा नेपालले पिलर लगाएको भन्दै भारतमा खलबली !

काठमाडौँ – भारतीय संचार माध्यमहरुले भारतीय भूमि नेपालले मिचेको दावी गरेका छन्। भारतीय मिडिया अमर उज्यालाले भारतीय भूमि मिचेर नेपालले बोर्डर पिलर लगाएको दावी गरेको हो।

उसका अनुसार नेपाल–भारत बोर्डरमा अन्तराष्ट्रिय पिलर सँख्या २७ र २८ को बीचमा नेपालले भारतको सीमामा पसेर पिलर लगाएको हो। यसरी पिलर लगाउँदा भारतको करिब३ सय ५० एकड भारतीय भूमि मिचिएको दावी गर्दै अमर उज्यालाले समाचार प्रकाशित गरेको छ।

नेपाल प्रहरीको निगरानीका नयाँ पिलरहरु निर्माण गरिएको बताइए पनि पिलर निर्माण कसले गरेको हो भन्ने स्पष्ट हुन नसकेको समाचारमा भनिएको छ।

हालसालै पिलर निर्माण गरिएको क्षेत्र भारत स्थित कलीनगर (पीलीभीत) तहसीलका गाउँहरु गुनहान र रमनगरा पर्न आउने अमर उज्यालाले समाचारमा जनाएको छ। नेपाली पक्षले भारतीय भूमिमा पिलर निर्माण गरेपछि खलबली मच्चिएको उसको दावी छ।

“नेपाल पुलिसको देखरेखमा भारतीय सीमा भित्र पर्न आउने भूमिमा पिलर लगाएका कारण नो म्यान ल्याण्ड क्षेत्रमा बस्ने भारतीय नागरिकमा खलबली मच्चिएको छ”,अमर उज्यालाले भनेको छ,”त्यस क्षेत्रमा भारतीय सुरक्षा एजेन्सी र भारतीय नागरिकको उपस्थिति छैन। यधपी, त्यहाँ खेति भने हुँदै आएको छ। यस जमिन वर्षौ देखि भारतको अधिनमा छ।”

“गुनहान र रमनगराका एक किसान गत बुधवार आफ्नो गहुँको र उँखु खेतमा जाँदा पिलर लगाईरहेको देखेका थिए। पिलर लगाइएको बारे सोध्दा उनलाई नेेपाल पुलिसले भारत-नेपालको सहयोगमा पिलर लगाएको बताएका छन्।”,समाचारमा भनिएको छ।

प्रकाशित : मङ्गलबार, फागुन ०६, २०७६०४:३४

सांसद नविना लामाले छुटाएका ‘गुण्डा नाइके’ दावाका सहयोगी सत्यमान फेरी पक्राउ