बेहुली हुँदा ‘धपक्कै बलिन्’ आँचल शर्मा, हेर्नुहोस् पाँच लुक्स [फोटो सहित]!

काठमाडौँ, फागुन ३० । अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बिहिबार अर्थात् फागुन २९ गते विवाह बन्धनमा बाधिएका छन् । आँचलले सामाजिक संजालमा तस्विर शेयर गर्दै डाक्टर उदिप र आफु सधैको लागि एक भएको भन्दै क्याप्सन लेखेकी छिन्। साथै आफ्नो विवाहलाई सधैको लागि एक सुन्दर स्मृति बनाएकोमा सबैलाई धन्यवाद दिएकी छिन्।

आँचलले फागुन  २८ गते मेहेन्दी लगाएकी थिइन् ।  यस जोडीले गत फागुन १२ गते इन्गेजमेन्ट  गरेका थिए, भने केहि दिन अगाडी संगीत समारोह आयोजना गरेका थिए ।

आँचल शर्मा र डाक्टर उदिपले फागुन १२ गते  काठमाडौँको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा औंठी साटासाट गरेका थिए । परिवार, आफन्त र निकटका चलचित्रकर्मीको उपस्थितिमा नायिका आँचल र चितवन निवासी उदिप श्रेष्ठले इन्गेज्मनेट गरेका हुन्।

आँचलको विवाह बुढानिलकण्ठमा रहेको होटल पार्क भिलेजबाट गरिएको हो । साथै आँचल र उदिपले आज अर्थात् फागुन ३० गते पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिदै छन्।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०६:२२

पलले आँचललाई इन्स्टाग्राममा पछ्याउन बन्द गरे, आँचलले लगनगाँठो कस्दै गर्दा यसो गर्दै थिए पल !