सावधान ! यस्ता सामान्य संकेत पनि हुन सक्छन् गम्भिर रोगका संकेत

हरेक मान्छे कुनै न कुनै स्वास्थ्य समस्याबाट पिडित हुन्छ । तर हामीमा ऊ कहिल्यै बिरामी हुँदैन्, उसलाई कुनै स्वास्थ्य समस्या नै छैन् भन्ने सोचाई हुन्छ ।

हामी केही संकेतबाट थाहा पाउन सक्छौँ, उसलाई कस्तो खाले स्वास्थ्य समस्या छ भनेर । केही गम्भिर स्वास्थ समस्याका संकेतहरु शरीरबाहिर देखा पर्छन् ।

ती समस्यामा नझर लगाउन सक्यौँ भने हामी अरु वा आफुसँगको गम्भिर रोगको सम्भावना गर्न सक्छौँ । त्यसको लागि तल हामीले केही त्यस्ता गम्भिर रोगका संकेतहरु उल्लेख गरेका छौँ ।

१. सुख्खा नङ
यदि नङ सुख्खा भएको छ शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी भएको हुन्छ । त्यसकारण यसलाई गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ ।

२. पिसाबमा रगत आउनु
पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ । पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या प्रोस्टेट वृद्धिको संकेत हुन सक्छ । यसका अलावा मूत्राशय वा मिर्गौलाको क्यान्सर या पत्थरीका कारण पनि यस्तो हुन सक्छ । मिर्गौलाको रोग या कुनै चोटका कारण पनि पिसाबबाट रगत आउन सक्छ ।

३. लगातार कम्मर दुखाई
लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ । तर सधैं यस्तो भने हुँदैंन । विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जनामा एकजनामा मिर्गौलाको पत्थरी हुन्छ ।

४. धेरै पसीना आउनु या शरीर सुन्निनु
धेरै पसीना आउनु या शरीर सुन्निनु थाइराइडको संकेत हुन सक्छ । अक्सर शरीरमा मेटाबोलिजमको दर धेरै बढ्यो भने कि धेरै पसीना आउछ या कि पसीना नै आउन बन्द हुन्छ । कतिपय अवस्थामा पसीनाका साथै बेचैनी पनि बढ्छ । यस बाहेक शरीरका केही भाग जस्तै, अनुहार, आँखा, औंला आदि सुन्निन्छ भने थाइराइडको संकेत हुन सक्छ ।

५. बंगारा दुख्नु
कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ । तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ । यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिनु पर्छ ।

६. मुख गन्हाउनु
ब्रस गरेपछि पनि मुख गन्हाउन समस्या हल हुँदैन भने फोक्सोको समस्याको कारण हुन सक्छ । फोक्सोको रोग, दम, सिस्टिक फाइब्रोसिस आदि समस्यामा उच्च अम्लीय गन्हाउने समस्या हुन्छ । गन्ध जति अम्लीय हुन्छ, उति गम्भीर बिरामीको समस्या हुन्छ ।

७. पेट दुख्नु
पेट दुख्नु झन् गम्भीर रोगका संकेत हुन सक्छन् । कलेजोमा खराबी, मिर्गौला, कोलाइटिस अल्सर हुन सक्छ । यदि पेट फुल्यो भने अल्सर फुट्ने संकेत हुन सक्छ ।

८. जिब्रो लर्बराउनु
यदि शरीर कमजोर हुनुका साथै जिब्रो पनि लर्बराउँछ भने प्यारालाइसिसको लक्षण हुन सक्छ ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६१४:२७

पाठेघर खस्ने समस्याका यी हुन् मुख्य कारण…