एजेन्सी, अभिनेत्री दिपिका पादुकोणको नाम बलिउड इन्डस्ट्रीको टप लिस्टमा आउने गर्छ । फिल्ममा आउनु अघि उनि मोडलिङमा संघर्ष गर्दै थिइन् । त्यस बखतको दिपिकाको तस्विर देखेर उनलाई जो कोहिलाई चिन्न मुस्किल पर्छ ।
दिपिकाको वजन पहिला निकै कम थियो । उनले बलिउडमा २००७ मा शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ बाट डेब्यु गरेकी थिइन् । उक्त फिल्म ब्लकबस्टर भएको थियो ।
ब्याडमिन्टन प्लेयर प्रकाश पादुकोणकी छोरी दिपिका पादुकोणले मोडलिङमा ८ बर्षको उमेरमा कदम राखेकी थिइन् ।
स्कुल लेभलमा ब्याडमिन्टन प्लेयर रहेकी दीपिकाले ग्र्याजुएशन पश्चात बलिउडमा कदम राख्ने फैसला गरिन् । उनको यस निर्णयमा परिवारले पनि सपोर्ट गरे ।
निकै संघर्ष पश्चात उनले बलिउडमा पाइला राखिन् र बलिउडमा पनि निकै संघर्ष गरिन् ।
अन्त्यत उनले बलिउडमा राम्रो स्थान हासिल गरिन् । आज उनि बलिउडकी हाइली पेड एक्ट्रेस बनेकी छिन् ।