‘प्रभास सबैभन्दा नजिकको साथी’ भन्दै अनुष्काले खुलाईन प्रेम-सम्बन्धको रहस्य!

फिल्म ‘बाहुबली’ मा  देवसेनाको भूमिका निभाएकी अभिनेत्री अनुष्का शेट्टीले हालै एक अन्तर्वार्तामा आफ्नो निजी जिन्दगीसँग सम्बन्धित कुरा शेयर गरेकी छन् । यसै क्रममा उनले पहिलो पटक मिडियासँग आफ्नो करियर , बिहे र नजिकको साथीको बारेमा कुरा गरिन् । अभिनेत्रीले  प्रभासलाई आफ्नो राम्रो साथी रहेको बताईन्। साथै शुटिंगको समयको पहिलो दिन उनले कुनै पनि काम बुझेकी थिइनन् र उनी सेटबाट भाग्न चाहन्थिन भन्ने  कुरा पनि बताएकी थिइन् ।

अनुष्काले बताईन्,”२००५ सालमा जब मैले आफ्नो डेब्यू फिल्म ‘सुपर’ को  शूटिंग गरिरहेकी  थिए तब म सेटबाट भाग्न चाहन्थे ।  इंडस्ट्रीमा प्रवेश गर्दा म साच्चै क्लु लेस थिए ।  यो बुझ्न मलाई लगभग दुई बर्ष लाग्यो । मेरो वरपरका मानिस धेरै सहयोगी थिए, तर म आफूलाई कमजोर सम्झेर आफूलाई सुधार गर्ने कोसिस गरिरहे । कुनै पनि  प्रोफेशनले  तपाईको लाइफको  बारेमा  फिल्म इंडस्ट्रीले भन्दा राम्रो सिकाउदैन्। म निकै लजालु छु र अझै पनि क्यामेराको अगाडी कम्फर्टेबल महसुस हुदैन छैन । यसैकारण म सेल्फी धेरै लिने गर्दिन र सोशल मिडियामा एक्टिभ रहदिन ।’

अभिनेत्रीले अगाडी भनिन्, ‘फिल्मको शूटिंग नहुदा मलाई फोटोग्राफी र ट्राभल गर्न मनपर्छ । यस बाहेक बाल्यकालमा साथीको एउटा सानो ग्रुप थियो । प्रभासलाई म १५ वर्षदेखि चिन्छु र उनी मेरो सबैभन्दा प्रिय साथी हुन्। यदि मलाई बिहान ३ बजे केहि समस्या भयो  भने पनि म प्रभासलाई  भन्न सक्छु। हाम्रो नाम यसैले जोडियो किनकी हामी दुवै विवाहित छैनौ र स्क्रीनमा मान्छेहरुलाई हाम्रो जोडी मनपर्छ । हामी कुनै पनि इमोशनल लुकाउन सक्दैनौं। मैले ब्याक टु ब्याक  थुप्रै फिल्ममा काम गरे। त्यसपछि चोट लाग्यो र मैले तीन हप्ता बेड रेस्ट लिए । यसैक्रममा मेरो तौल बढ्यो र  इंडस्ट्रीको नेचर यस्तो छ कि यहाँ जे पनि लेख्न पाईन्छ। मेरो तौल  र लिंक अप्सको  बारेमा धेरै लेखिएको थियो । यस्तो खालको हल्लालाई मैले जिन्दगीमा वास्ता गरेकी छैन । जसले मेरो बारेमा लेख्छन् उनीहरुको पनि दाईभाई, दिदि-बहिनी होला । यस्तो मान्छेको कारण मैले टिभी हेर्न र न्युज पढ्नसम्म छोडदिए ।’

‘बिहे र सम्बन्ध ‘

‘बिहे मेरो लागि पवित्र  बन्धन हो । जब सही  मान्छे भेट्नेछु तब बिहे गर्नेछु । म २००८ सालमा एक निकै राम्रो सम्बन्धमा रहिसकेको छु तर म त्यस व्यक्तिको नाम भन्न सक्दिन। यो अलिकति व्यक्तिगत रहेको छ, यदि हामी अहिलेसम्म एकसाथ भएको भए बताउथे होला। हामीले त्यस सम्बन्धलाई आपसी सहमतिमा समाप्त गरेका हौ, तर म उसलाई अहिले पनि निकै रेस्पेक्ट गर्छु ।’

प्रकाशित : सोमबार, चैत ०३, २०७६१२:४३

श्रीदेवी देखि हेमा मालिनीसम्म यी ९ बलिउड अभिनेत्रीले गरेका थिए अरुले छाडेकासँग विवाह !