मात्रै २१ वर्षका फुटबल कोचको ज्यान गयो, कोरोनाले ज्यान लिएका विश्वकै कान्छा व्यक्ति हुन सक्ने !

एजेन्सी – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको मृ-त्यु भएको छ । मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका २१ वर्षीय प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाको संक्रमणबाट मृत्य भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएको छ ।

भाईरसको गम्भीर लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालमा उनलाई परीक्षण गर्दा कोरोना भएको पत्ता लगाएका थिए । तर, त्यसपछि उनको उपचारकै क्रममा निधन भयो । विश्वमा फैलिरहेको कोरोना भाइरसबाट मृ-त्यु हुने मालागाकै कान्छो उमेरका व्यक्ति भएको अनुमान गरिएको छ ।

स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो । युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो । यहाँ करिब ९ हजार १ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै ३०९ जनाको ज्यान गएको छ । मालागामा कोरोनाबाट मृ-त्यु हुने गार्सिया पाँचौ व्यक्ति हुन् ।

स्पेनिस लिग कोरोना संक्रमणका कारण नै हाललाई स्थगित गरिएको छ । स्पेनिस क्लब भ्यालेन्सियाले पनि आफ्ना ३५ प्रतिशत खेलाडी तथा अफिसियललाई कोरोना संक्रमण रहेको जनाएको छ । यसअघि डिफेन्डर इजेकेल गराएलाई कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६०३:४६

विश्व फुटबलमा होन्डाले बनाए दुर्लभ कीर्तिमान, ५ महादेशमा गोल गर्दै बने पहिलो खेलाडी !