आज फेरी बढ्यो सुनको मुल्य, यस्तो छ आजको सुन तथा चाँदीको भाउ!

काठमाडौँ, चैत्र ३ । फागुन महिनाभर लगातार उकालो लागिरहेको सुनको मुल्य चैत्र महिनाको सुरुवातदेखिनै घटेको थियो । तर, आज सुनको मुल्य फेरी तोलामा १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ। त्यस्तै, आज तेजावी सुन प्रतितोला ७६  हजार २  सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो (मंगलबार) तोलामा २ हजारले घटेर तोलाको ७५ हजार ५ सय रुपैयामा कारोबार भएको थियो भने तेजावी सुन तोलामा ७५  हजार २  सय रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै फाल्गुल महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको थियो । गत फागुन २३ गते अहिलेसम्मको महँगो भाउ ८२  हजार ५  सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज बिधबार चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य प्रतितोला ७ सय १० रुपैयामा कारोबार भइरहेको छ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६०५:१०

महिनाकै कम मूल्यमा झर्यो सुन तथा चाँदीको भाउ, यस्तो छ आजको सुन र चाँदीको मूल्य!