महिनाकै कम मूल्यमा झर्यो सुन तथा चाँदीको भाउ, यस्तो छ आजको सुन र चाँदीको मूल्य!

काठमाडौँ, चैत्र ३ । फागुन महिनाभर लगातार उकालो लागिरहेको सुनको मुल्य चैत्र महिनाको सुरुवातदेखिनै घटेको थियो । आज पनि सुनको मुल्य फेरी तोलामा १ हजार ५ रुपैयाँले घटेको छ ।

बुधवार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य, आज (बिहिबार) १ हजार ५ सय रुपैयाले घटेर छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ।

सुनको भाउ हिजो (बुधबार) तोलामा १ हजार रुपैयाँले बढेर तोलाको ७६ हजार ५ सय रुपैयामा कारोबार भएको थियो भने तेजावी सुन तोलामा ७६  हजार २  सय रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै फाल्गुल महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको थियो । गत फागुन २३ गते अहिलेसम्मको महँगो भाउ ८२  हजार ५  सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज बिहिबार चाँदीको मुल्य पनि ३० रुपैयाले घटेको छ। आज चाँदीको मुल्य प्रतितोला ६ सय ८० रुपैयामा कारोबार भइरहेको छ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०५:४७

आज शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ!