करिनाले आफ्नो बच्चा बेलाको तस्विर कोरोनासंग गरिन यसरी तुलना!

कोरोना  भाइरसको (कोभिड १९) को डरले सबै बलिउड स्टार इन्डस्ट्रीबाट टाढा रहेर आफ्नो घरमै बस्न थालेक छन् । यस समय कुनै पनि फिल्मको शुटिंग भईरहेको छैन । यसै मौकामा बलिउड स्टारहरु सोशल  मिडियामा निकै एक्टिभ भईरहेका छन् । जसमा अभिनेत्री  कपूर पनि रहेकी छन् ।  करीना इंस्टाग्राममा कमै तस्विर शेयर गर्छिन् तर कोरोनको कारण मिलेको छुट्टिमा करिना केहि न केहि शेयर गरिरहन्छिन् ।

वास्तवमा करिनाले आफ्नो बाल्यकालको फोटो शेयर गरेकी छन् । उनले यस फोटोको कनेक्शन कोरोना भाइरससँग जोडेकी छिन् ।  उनले क्यापशनमा लेखेकी छन्, ‘जब कसैले मलाई हात मिलाउन प्रयास गर्थ्यो तब म यसरी रियाक्ट गर्थे । घरमा नै बस्नुहोला । सुरक्षित रहनुहोला।’ उनले कोरोना सम्बन्धित जागरुकता फैलाउने कोसिस गरेकी छन् ।

यस  फोटोमा  करीना निकै क्यूट देखिरहेकी छन्। संसारभर कोरोना एक महामारी जस्तै फैलिरहेको छ । अहिलेसम्म  भारतमा हजारौ घटना  बाहिरिएको छ । केन्द्र र राज्य सरकार मिलेर यस महामारीसँग लड्ने तयारी गरेको छ । यधपी यसले  फिल्म इंडस्ट्रीमा मात्र नभई अन्य क्षेत्रमा नोक्सान पुर्याएको छ । सिनेमा हल बन्द रहेको छ । कैयौँ फिल्मको शुटिंग रोकिएको छ । बलिउड स्टार सोशल मिडियामा एक्टिभ रहेर फ्यानलाई सुरक्षित रहन सुझाव दिईरहेका छन् ।  केहि स्टारले आफुलाई घरमा  आइसोलेट गरेको छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:२४

यी कम उमेरका नायिकाले बुढा नायकसँग गर्न भ्याए ‘रोमान्स’, उमेर अन्तरले चकित बनाउन सक्छ !