यी कम उमेरका नायिकाले बुढा नायकसँग गर्न भ्याए ‘रोमान्स’, उमेर अन्तरले चकित बनाउन सक्छ !

एजेन्सी – चलचित्र क्षेत्रमा उमेर ढल्किएपनि नायकहरुलाई जवान नायकको रुपमा प्रस्तुत गर्ने चलन छ। जस कारण उमेर ढल्किएका नायकहरु पनि कम उमेरका नायिकाहरुसँग रोमान्स गर्दै देखिन्छन्। यस्तो चलन सबै भन्दा धेरै भारतको बलिउड तथा दक्षिण भारतीय चलचित्रहरुमा देख्न पाइन्छ।

केहि-केहि कलाकारले त छोरी अथवा नातिनी भन्न लायक उमेरका नायिकाहरुसँग रोमान्स गरेको उदाहरणहरु पनि छन्। यसरी आफू भन्दा धेरै उमेरका नायकहरुसँग रोमान्स गर्न नायिकाहरुमा पनि हिचकिचावट नभएको पाइन्छ। धेरै उमेर भएका नायकहरुसँग रोमान्स गरिसकेका नायिकाहरु निम्न छन्।

अनुष्का शेट्टी

दक्षिण भारतीय चलचित्र क्षेत्रमा अत्याधिक चर्चित रहेकी अनुष्का शेट्टीलाई धेरै ‘बाहुबली’ चलचित्रकी देवसेनाको रुपमा चिन्छन्। हाल सम्म कयौं दक्षिण भारतीय चलचित्रमा काम गरिसकेकी अनुष्काले चलचित्र ‘डन नंबर 1’ मा साउथमा सुपरस्टार नागार्जुनसँग रोमान्स गरेकी थिइन्। अनुष्का नागार्जुन भन्दा २२ वर्ष कान्छी छिन्।

रकुल प्रीत सिंह

दक्षिण भारतीय चलचित्र क्षेत्रमा अत्याधिक चर्चित रकुल प्रीत सिंहले बलिउडमा पनि काम गरिसकेकी छन्। रकुललाई बलिउड तथा दक्षिण भारतीय चलचित्र क्षेत्रकै सुन्दर नायिकाको रुपमा लिने गरिन्छ। उनले केहि समय अगाडी चलचित्र ‘मनमधुदू 2’ मा सुपरस्टार नागार्जुनसँग रोमान्स गरेकी थिइन्। यी दुई बीचको उमेर अन्तरको कुरा गर्नुपर्दा ३१ वर्ष छ।

साई मंजरेकर

केहि समय अगाडी मात्र रिलिज भएको सलमान खानको ‘दबंग ३’बाट साई मंजरेकरले डेब्यु गरेकी थिइन्। चलचित्रमा साई मांजरेकरलाई सलमान खान(‘चुलबुल पांडे’)की प्रेमिकाको रुपमा प्रस्तुत गरिएको थियो। मंजरेकर र सलमानको उमेर अन्तर ३३ वर्ष छ।

नयन तारा

दक्षिण भारतीय चलचित्र क्षेत्रका भगवानको रुपमा चिनिने रजनीकांत उमेरले ७० वर्ष पुग्नलागिसके। तर, चलचित्रहरुमा भने उनी कम उमेरका नायिकाहरुसँग रोमान्स गर्दै देखिने गरेका छन्। केही महिना अगाडी मात्र आएको ‘दरबार’ चलचित्रमा उनले नायिका नयन तारासँग रोमान्स गरेका थिए। यी दुई बीचको उमेर अन्तर ३४ छ।

तमन्ना भाटिया

तमन्ना बलिउड तथा दक्षिण भारतीय चलचित्र क्षेत्र दुवै तिर चर्चित छिन्। तमन्नाले नर्सिंभा रेड्डी’ फिल्ममा साउथ स्टार चिरंजीवीसँग रोमान्स गरेकी थिइन्। यी दुई बीच ३५ वर्षको उमेर अन्तर छ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:२७

अभिनेत्री करिश्माको यस्तो आक्रोशपुर्ण स्टाटसमा रेखाले गरिन समर्थन!