अभिनेत्री करिश्माको यस्तो आक्रोशपुर्ण स्टाटसमा रेखाले गरिन समर्थन!

काठमाडौँ, चैत्र १७ ।  पछिल्लो समय संसारभरका मानिसहरु कोरोना भाइरस (कोभिड-१९) को कारण त्रसित छन् । जसमा नेपाल पनि पर्ने गर्दछ। कोरोना भाइरसको संक्रमण बढ्नबाट रोक्नको लागि अहिले नेपालमा  पूर्ण रुपले लकडाउन  भएको छ । लकडाउन भएसंगै देशैभरका सर्वसाधरणदेखि नेपाली चलचित्र क्षेत्रका कलाकारहरु आफ्नै घर तथा सेल्फ  क्वारेन्टाइनमा बसिरहेका छन् ।

त्यस्तै होम  क्वारेन्टाइन बस्दै आएकी   सदाबहार नायिका करिश्मा मानन्धरले आइतबार साँझ सामाजिक संजालमा आक्रोशपुर्ण स्टाटस  लेखेकी छिन्। र उनको स्टाटसमा अर्की नायिका रेखा थापाले समर्थन जनाउँदै प्रतिक्रया दिएकी छिन्।

करिश्मा लेख्छिन्, ‘के भनेको के ? के सेलिब्रेटि ले सबै समस्या समाधान गर्नु पर्ने ? अनि के काम सरकार को ? किन भोट गरेको हामिले ?के हामी धुर्मुस , सुन्तली हौ कि रबि लामिछाने ?? ह ?? जानुस तपाहरुको भगवान् लाइ खोज्नुस !! तर घर बस्नुस ।’

करिश्माको यस्तो स्टाटसमा अभिनेत्री रेखा लेख्छिन्, ‘सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र? परे राज्यले सबैको बैंक खाता कब्जा गर्लानी । अरुले यती दिये उती दिएनन भन्नु भन्दा सक्नेले दिऔ नसक्नेले मागौ । चन्दा फेसन जस्तो ।’

प्रकाशित : सोमबार, चैत १७, २०७६०६:१५

पूर्व पो-र्न स्टार मियाले लकडाउनकै बीच गरिन यी युवकसँग दोस्रो विवाह!