फ्रान्समा कोरोनाले २४ घण्टामै लियो ८९ जनाको ज्यान, विश्वभर ८ हजार ९७० को मृत्यु !

एजेन्सी – चीन हुँदै शुरु भएर युरोपमा वितन्डा मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या २ सय ६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८९ जनाले ज्यान गुमाएसँगै फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ सय ६४ पुगेको हो। फ्रान्सका स्वास्थ्यमन्त्री जेरोम सालोमनका अनुसार फ्रान्समा संक्रमितको संख्या बिहिबार सम्म ९ हजार नाघेको छ। बिहिबार सार्वजनिक तथ्यांकका अनुसार बिहिबार सम्म फ्रान्समा संक्रमितको संख्या बढेर ९ हजार १ सय ३४ पुगेको छ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु इटाली भएको छ। कोरोनाबाट ज्यान गुमाउने विश्वकै सबै भन्दा धेरै चीन पछि इटालीमा छन्। इटालीमा बिहिबार सम्म लगभग ३ हजारको ज्यान गैसकेको छ।

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०८:५८

कोरोना भाइरस: पर्सि देखि मनकामना केबलकार पनि बन्द !