बिना मेकअप पनि यति सुन्दर देखिन्छिन् आलिया, सार्वजनिक भयो तस्विर ! [तस्विर सहित]

अभिनेत्री आलिया भट्ट चलचित्र जगतको सबैभन्दा सुन्दर र प्यारी अभिनेत्री मध्ये एक हुन्। अभिनेत्रीले प्राय: उनको पार्टी वा अवार्ड शोमा आफ्नो सुन्दरताको जादुले प्रशंसकहरूलाई प्रभावित पारिरहेकी हुन्छिन्।

तर, के तपाईहरुले आलियालाई बिना मेकअप देख्नु भएको छ? के तपाइहरुलाई थाहा छ बिना मेकअप आलियालाई कस्तो देखिन्छ?

हालै, आलियाले इन्स्टाग्रामको स्टोरीमा आफ्नो एक सेल्फी सेयर गरेकी छिन्। जसमा उनी ‘नो मेकअप लुक’मा देखा परेकी छिन्। आलियाले यस तस्विरलाई आफ्नो घरमानै खिचेकी हुन्।

तस्वीरमा अभिनेत्री सुतिरहेको अवस्थामा देखा परेकी छिन्। आलियाले बिना मेकअपको तस्वीर सामाजिक संजालमा पहिलो पटक सेयर  गरेकी हुन्।

कामको कुरा गर्दा, आलिया अहिले ‘गंगुबाई काठियावाडी’ मा काम गरिरहेकी छिन्। तर अहिले, कोरोनाभाइरसका कारण अन्य चलचित्रहरू जस्तै यसको पनि शूटिंग रद्द गरिएको छ। शुटिंगबाट खाली समय पाएकी आलिया, यस्तो तरिकाले आफ्नो समय बिताइरहेकी छिन्।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०६:४५

कोरोना प्रभाव: घरमै बस्न बाध्य छन यी चर्चित स्टारहरु, को-के गर्दै छन त?