कोरोना प्रभाव: घरमै बस्न बाध्य छन यी चर्चित स्टारहरु, को-के गर्दै छन त?

कोरोना भाइरसको कारण मुम्बईमा  फिल्म र सीरियल्सको  शूटिंग बन्द गरिएको छ । लकडाउन हुनाले वर्षभरी व्यस्त रहने यी स्टार घरमा बस्न बाध्य छन् । यस्तैमा स्टारहरु बोरिंग घटाउन अलग-अलग तरिकाको काम गरिरहेका छन् । थाहा पाउनुहोस यी स्टारहरु घरमा के गरिरहेका छन:

कट्रिना  कैफ


शूटिंग बन्द भएपछि  कट्रिना  सोशल मीडियामा निकै एक्टिभ रहेकी छन् । हालै अभिनेत्रीले गितार बजाउदै गरेको भिडियो शेयर गरेकी छन्  । यधपी यस भिडियोमा आवाज छैन । यसलाई शेयर गर्दै अभिनेत्रीले बताईन् कि काम चलिरहेको छ । यस बाहेक  कट्रिना  अल्पाकाको केहि तस्विर पनि शेयर गरेकी छन् ।

अनुष्का शर्मा


बलिउड अभिनेत्री  अनुष्का शर्मा लामो समयदेखि फिल्ममा नदेखिए पनि कोरोना भाइरसको कारण घरमा बन्द रहेकी छन्। अनुष्काले  सेफ ह्यान्ड च्यालेन्ज लिदै भिडियो शेयर गरेकी छन्,  जुनमा उनी मान्छेहरुलाई जागरुकता दिईरहेकी छन् ।

दिपिका पादुकोण


कोरोना भाइरसको कारण दिपिका  पादुकोण पनि घर मै दिनसमय  बिताई रहेकी छन् । दिपिका आफ्नो घरमा बसेर काम गरिरहेकी छन् । उनले बताईन् कि खाली समयमा उनले आफ्नो वार्डरोबको सफाई गरिरहेकी छन् । यस बाहेक उनले फेस मसाज गरेको तस्विर र भिडियो शेयर गरेकी थिइन् । यो भन्दा पहिला अनुष्काले जस्तै  दिपिकाले  पनि सेफ ह्यान्ड च्यालेन्ज गरेको भिडियो शेयर गरेकी थिइन् ।

करिना  कपूर


केहि दिन पहिले करिनाले इंस्टाग्राममा डेब्यू गरेकी थिइन् । हालै करिनाले आफ्नो बाल्यकालको तस्विर शेयर गर्दै कोरोना भाइरस सम्बन्धित म्यासेज गरेकी छन् । उनले लेखिन् , जब कसैले मलाई हात मिलाउन प्रयास गर्थ्यो तब म यसरी रियाक्ट गर्थे । घरमा नै बस्नुहोला । सुरक्षित रहनुहोला।’ यस बाहेक करिनाले एक पोस्ट मार्फत यो पनि बताएकी छन् कि उनको श्रीमान सैफ अली खान किताब पढिरहेका छन्।

आलिया भट्ट


बलिउड अभिनेत्री  आलिया भट्ट पनि कोरोना भाइरसको कारण घरमा नै बसिरहेकी छन् । आलियाले  एक तस्वीर शेयर गरेकी छिन् जुनमा उनले बताईन् कि सेल्फ क्वारेनटाइनको  बावजूद फिटनेसको पुरै ध्यान राखिरहेकी छु । कोरोना भाइरसको कारण  ब्रह्मास्त्रको  शूटिंगमा पनि  प्रभावित भईरहेको छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६११:५४

सच्चा प्रेम गर्दा मिल्यो धोका : पहिलो प्रेममा असफल भए यी ५ बलिउड नायिका !