डडेल्धुराको एक जंगलमा आधा दर्जन गाईलाई पासो लगाई ह-त्या गरेको अवस्थामा फेला परेका छ। गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ मा रहेको देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँको भिरालो क्षेत्रमा सल्लाको रुखमा ग्याविन तार बाँधी पासो बनाएर मा-रिएका आधा दर्जन गाइको कंकाल भेटिएको हो।
करिब एक हप्ता अघि उक्त गाईहरुको ह-त्या गरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेका छन्। प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेका छन्।
५ वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईकाे बङ्गारा भेटिएको छ भने २ वटा पासाे लाउने तार खालि भेटिएका छन् । मा’रिएका गाईको उमेर दुई वर्ष मूनि रहेको पशुसेवा प्राविधिकले जनाएका छन्। त्यहाँका स्थानीयले जानकारी गराएपछि बिहीबार घटना सार्वजनिक भएको हो।
गन्यापधुरा गाउपालिका अध्यक्ष नबल मल्लले भने, ‘मैले पनि जंगलमा गाईको कंकाल भेटिएको भन्ने खबर सुनेको थिए। यस बिषयमा बिस्तृत जानकारी लिने छौ। गाई हिन्दु धर्मावलम्बिहरुको आस्थाको जनावर संगै नेपालको राष्ट्रिय जनावर पनि भएकाले जंगलमा लगी पासो लागाई ह-त्या गरिएको खुले, जो कसैलाई पनि कानुन बमोजिम कार्वाहीको माग गर्ने छौ।’
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, गाईलाई कसले र किन पासो लगाएर मा’रेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। स्थानीय वन उपभोक्ताहरु घाँस र दाउराको लागि जंगलमा पुग्दा उक्त दृश्य देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यस अघि पनि मिनि ट्रकमा २० भन्दा बढी गाई राखि गन्यापधुरा गाउपालिका–१ बाट बैतडीतर्फ लैजादै गर्दा, जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ तुफानडाडाबाट स्थानियले फर्काएका थिए। मिनि ट्रकमा राखी गाई जंगलमा छोड्न लगिएको स्थानीयले जानकारी पाए पछि, गाई सम्बन्धित वडा मै फर्काईएको स्थानियले बताएका थिए।
शुक्रबार बिहान स्थानीय प्रतिनिधि, प्रहरी र सञ्चारकर्मीको टोलीले गौह-त्या गरिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । प्रहरीले जानकारी दिए अनुसार, सामूहिक गौह-त्याको अनुसन्धान शुरु गरिएको र ह-त्यामा संलग्न व्यक्तिको खोजी थालिएको छ ।