आज चैत्र ७ गते शुक्रबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाइको  दिन मिश्र फलदायी रहेको छ । परिवारसँग बसेर  महत्वपूर्ण चर्चा-विचारणा गर्नुहुनेछ । घरको सजावटमा तपाईलाई परिवर्तन गर्ने ईच्छा आउनेछ। अफिस वा  व्यवसाय क्षेत्रमा अधिकारीसँग महत्त्वपूर्ण विषयमा चर्चा हुनेछ। सरकारी लाभ हुनेछ  । कार्यभार बढ्न सक्छ । स्वास्थ्यको मामलामा  शारीरिक थकानले अस्वस्थताको अनुभव हुनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्य गर्ने प्रेरणा मिल्नेछ । कुनै  धार्मिक स्थलको भेटले तपाईको मन भक्तिमय हुनेछ । टाढास्थित प्रेमी वा मित्रको शुभ समाचार मिल्नेछ। व्यापारमा आर्थिक लाभ हुन् सक्ला। स्वास्थ्य मध्यम रहनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ  कार्य प्रारम्भ नगर्नुहोला। क्रोधको  कारण केहि  अनिष्ट नहोस यस कुराको ध्यान राख्नुहोला । कामवृत्तिमा ध्यान राख्ने कोसिस गर्नुहुनेछ । अधिक खर्च हुनेछ । घर वा अफिसमा बोलिमा ध्यान राख्नुहोला । कुनै  कारण समयानुसार खान-पानको  व्यवस्था हुनेछैन ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको सम्पूर्ण दिन आनन्द तथा मनोरंजनमा बित्नेछ । विपरीत लिंगीय व्यक्तिसँग भेट हुनेछ । आनन्दप्रमोदको साधन ,वस्त्र इत्यादि किन्नुहुनेछ। उत्तम भोजन, सुखको योग तथा प्रतिष्ठा वृद्धि हुनेछ । व्यवसायिक क्षेत्रमा लाभदायी दिन रहेको छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको  दिन मिश्र फलदायी रहेको छ । घरमा शान्तिको वातावरण रहनेछ । दैनिक कार्यमा  रुकावट आउनेछ । शत्रु  तथा प्रतिस्पर्धिको कारण समस्या आउनेछ । उच्च पदाधिकारिसँग विवाद नगर्नुहोला। मानसिक व्याकुलताको अनुभव हुनेछ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

सन्तानको विषयमा चिन्तित रहनुहुनेछ । मन विचलित रहन सक्ला । पेट सम्बन्धित पीडा हुनेछ । आकस्मिक खर्च होला।   कुराकानीमा  तार्किक एवं बौद्घिक चर्चाबाट टाढा रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मानसिक रूपबाट  थकानको अनुभव हुनेछ । तपाई अधिक भावुक रहनु हुनेछ । मनमा उठेको विचारको कारण समस्यामा रहनुहुनेछ । आमा तथा  स्त्रीको विषयमा चिन्ता रहनेछ। पानीबाट टाढा रहनुहोला । निन्द्रा अपूर्ण रहनाले मानसिक व्यग्रता रहनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

पुरै दिन प्रसन्न रहनुहुनेछ । कुनै नयाँ कार्य प्रारम्भ गर्न पाउनुहुनेछ । मित्र वा आफन्तसँग भेट हुनेछ । कुनै पनि  काममा सफलता मिल्नेछ। आर्थिक लाभ एवं भाग्यवृद्धिको  योग रहेको छ । प्संरेम सम्बन्ध  रहनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

तपाईको  दिन मध्यम फलदायी रहेको छ । निरर्थक व्यय हुनेछ । मनमा  ग्लानि रहनेछ । परिवारसँग मनमुटाव हुनेछ ।  दुविधायुक्त मनोदशाको कारण निर्णय लिन सक्नुहुने छैन । कार्यभार बढ्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रत्येक कार्य सरलतासँग  पूर्ण हुनेछ । कार्यालयमा  तथा व्यावसायिक स्थलमा तपाईको प्रतिष्ठा हुनेछ । पदोन्नतिको योग रहेको छ । गृहस्थजीवनमा आनन्द वातावरण रहनेछ । शारीरिक हानि हुने  योग रहेको छ । मित्र र प्रेमीसँग भेट हुनेछ  ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वास्थ्य प्रति जागरुक रहनुहोला । मानसिक स्वस्थताको कमी रहनेछ । अनुचित स्थानमा लगानी गर्नुहुनेछ । परिवारको सदस्यले  विरोधी व्यवहार गर्न सक्ला। क्रोधमा ध्यान राख्नुहोला ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

पारिवारिक तथा सामाजिक कुरामा विशेष लिप्त रहनुहुनेछ । मित्रसँग  भेट हुनेछ र खर्च पनि गर्नुहुनेछ । रमणीय स्थानमा यात्रा गर्नुहुनेछ । प्रत्येक क्षेत्रमा लाभ हुनेछ । जीवनसाथीको  इच्छुकको लागि जीवनसाथी मिल्नेछ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:३७

आज चैत्र ८ गते शनिबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!