आज चैत्र ८ गते शनिबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

उगाही एवं यात्राको लागि दिन राम्रो रहेको छ । व्यापार सम्बन्धित कार्यको लागी लाभदायी दिन रहेको छ। घरमा  शुभप्रसंगको आयोजन हुनेछ । आर्थिक लाभ हुनेछ । श्रीमतीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अनुकूलता र प्रतिकूलतासँग दिन मिल्नेछ । व्यवसायिक रूपबाट नयाँ विचारधारा रहनेछ। आलस्य र व्यग्रता रहनेछ । प्रतिस्पर्धाको साथ साथै वाद विवादमा उत्रिनु हुनेछ । अग्नि, जल र अकस्मातबाट सावधान रहनुहोला । व्यवसायमा पदोन्नति हुनेछ। बच्चाको  प्रगतिबाट  मनमा  प्रसन्नता छाईरहनेछ । गृहस्थजीवन आनन्दपुर्वक बित्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नकारात्मक विचारलाई मनबाट टाढा राख्नुहोला । खान-पानमा ध्यान राख्नुहोला । आकस्मिक धनको खर्च हुनेछ। कसैसँग कारणवश बाहिर जाने प्रसंग उपस्थित हुनेछ । मध्यान्नपछि  बौद्धिक अथवा साहित्यिक प्रवृत्तिमा व्यस्त रहनुहुनेछ । सन्तानको प्रश्नबाट मानसिक व्यग्रता बढ्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वादिष्ट एवं उत्तम भोजन,  सुन्औदर वस्रत्र र  विपरीत लिंगीय व्यक्तिसँग तपाई प्रसन्न रहनुहुनेछ । विचारमा अनिर्णायक्ता रहनेछ । अचानक धन खर्च हुनेछ । पेसा र धन्दामा  परिस्थिति अनुकूल रहनेछ । रिसलाई काबुमा राख्नुहुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यवसायमा धन सम्बन्धित आयोजन गर्नुहुनेछ । विदेश स्थित व्यवसायीबाट  लाभ होला । प्रबल लाभको योग रहेको छ । व्यवहारमा  अनिर्णायकता रहनेछ। आकस्मिक धनको खर्काच हुनेछ । परिस्थिति अनुकूल रहनेछ । क्रोधमा ध्यान राख्नुहोला ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन सुख-शंतिपुर्बक बित्नेछ। व्यापारको लागि दिन राम्रो रहेको छ। धन सम्बन्धित विषयमा सरलता रहनेछ। घरमा शान्ति र आनन्द रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । व्यवसायमा  वातावरण राम्रो रहेनछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन मध्यम फलदायी रहेको छ । शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको अभाव  रहनेछ । परिवारमा  उग्र वातावरण रहनेछ । व्यावहारिक जीवनमा  मानहानिको  प्रसंग नबनोस यस कुराको ध्यान राख्नुहोला । मध्यान्नपछि तपाईको  शारीरिक र मानसिक स्थितिमा सुधार आउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

व्यवसायीजनको लागि दिन अनुकुल रहेको छ। मध्यान्नपछि शारीरिक र मानसिक प्रतिकुलता रहनेछ । कुटुम्ब तथा  मनदुःख हुने प्रसंग आउनेछ । खान-पानको  व्यवस्था समयानुसार रहनेछैन ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

स्वास्थ्य राम्रो रहनेछ । तपाईको दिन  आध्यात्मिक प्रवृत्तिको लागि निकै राम्रो रहेको छ । आर्थिक लाभ पनि हुनेछ । विधार्थीको  विद्या-अभ्यासमा  अधिक ध्यान दिनुहुनेछ । मध्यान्नपछि स्थिती अनुकुल रहनेछ । मनमा दुविधा हुनेछ । शरीर र मन दुवै स्वस्थ रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक र आध्यात्मिक प्रवृत्ति  वृद्धि हुनेछ । व्यवसाय र व्यापारमा  वातावरण अनुकूल रहनेछ। तपाईको हरेक कार्य सरलतासँग पूर्ण हुनेछ । जीवनमा पनि आनन्दको मात्र बढ्नेछ । मध्यान्नपछि  विचारमा  नकारात्मक भाव वृद्धि हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

धार्मिक र सामाजिक कार्यमा खर्च हुनेछ । दुर्घटना एवं शल्यचिकित्साबाट सम्हाल्नु होला । मध्यान्नपछि प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । उच्च  अधिकारीको  कृपादृष्टि तपाईमा रहनेछ । मानसिक शान्ति तपाईको मनमा छाई रहनेछ ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

व्यावसायिक तथा अन्य क्षेत्रमा दिन लाभदायक रहेको छ । मध्यान्नपछि हरेक कार्यमा सावधानी अपनाउनु होला । व्यवसायिक कार्यमा  सरकारी प्रभाव बढ्न सक्छ । अधिक श्रम गर्दा पनि फल कम प्राप्त हुनेछ ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६१४:२८

भोलि वैशाख १७ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !