सन् २०१२ मा भएको निर्भया ब’लात्कार काण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले मृ’त्युदण्ड दिएको छ । निर्भया ब’लात्कार काण्डका दाेषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई झु’ण्ड्याएर मृ’त्युदण्ड दिइएकाे हाे । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँ’सी दिइएको हो ।
दोषीहरुलाई मृ’त्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन् । उनीहरुलाई फाँ’सी दिएपछि निर्भयाका पिताले भने कि ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् ।’
चारै जनालाई एकैसाथ मृ’त्युदण्ड दिएको जेलका अधिकारीले बताए। बिहीबार निर्भया हत्याकाणका चार दोषीका तर्फबाट फाँ’सीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरिएको थियो। तर, दुवै अदालतले याचिका खारेज गरिदिएका थिए। सात वर्षसम्म चलेकाे कानुनी लडाईपछि दाेषीहरुलाई सजाय दिइएकाे हाे ।
के थियो त वास्तविक घटना ?
डिसेम्बर १६, २०१२ मा दिल्लीमा साथीसँग रातको समयमा बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक ब’लात्कार गरेका थिए। घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो। ती युवतीमाथि रडले आक्रमण गर्दै उनीहरुले ब’लात्कार गरेका थिए।
चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए । यस्तै, ब’लात्कारी मध्ये एक जनालाई नाबालिग साबित भएका थिएर उनलाई ३ वर्षको लागि सुधारगृहमा राख्ने सजाय सुनाईएको थियो।