ट्रान्सफर बजारमा महँगा खेलाडी: मेस्सीको मूल्य घट्दै गर्दा एमबाप्पे शीर्षस्थानमा !

एजेन्सी – लियोन मेस्सी विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् भन्नेमा विवाद छैन । कतिपय भने उनलाई अहिले सम्मकै उत्कृष्ट खेलाडीका रुपमा मान्छन् । तर, उमेर बढेसँगै अहिले मेस्सी महँगो खेलाडीमा भने पर्दैनन् ।

विश्व फुटबल हाल कोरोना संक्रमणका कारण ठप्प छ । यद्दपी अर्को सिजनका लागि भने फेरि एकपटक ट्रान्सफर मार्केट तात्नेछ । खेलाडीको अहिलेको मुल्य हेर्दा मस्सी आठौं नम्बरमा रहेका छन् । ला लिगा बाहेक शीर्ष १० भित्र रहनेमा बुन्डेस लिगा, प्रिमियर लिग र लिग वानका खेलाडी रहेका छन् । विश्व फुटबलमा गरेको प्रदर्शन, उमेर, क्षमता, टोली लगायत विभिन्न पक्ष अनुसार सिआईइएस नामक संस्थाले खेलाडीहरुको बजार भाउ मापन गर्दै आएको छ ।

शीर्षस्थान १० मा रहेका खेलाडी को सुची यस्तो छ :

१०.एन्टोइन ग्रिजमन (बार्सिलोना) – १ सय २० मिलयन युरो

फ्रान्सेली ग्रिजमनको अहिलेको मुल्य १ स य २० मिलियन रहेको छ । उनी सिजनको सुरुवातमा एट्लेटिको म्याड्रिडबाट यत्तिनै रकममा बार्सिलोनामा पुगेका थिए ।

९. जाडोन सान्चो (बोरुसिया डर्टमन्ड) – १ सय २० मिलयन युरो

बोरिसिया डर्टमन्डका विङ्गर सान्चो अहिले विश्व फुटबलका उदयमानी खेलाडीमा पर्दछन् । म्यानचेस्टर सिटी छाडेर जर्मन पुगेपछि उनले उच्च प्दर्शन गरिरहेका छन् । इग्लिस खेलाडी आउने सिजनका लागि महंगोमा विक्री हुने सम्भावना छ ।

८. लियोन मेस्सी (बार्सिलोना)– १ सय ४० मिलयन युरो

अहिले पनि मेस्सीलाई किन्नु पर्दा ७ सय मिलियन युरोको क्लज छ । आउने समरमा भने उनी फ्रि हुनेछन् । मेस्सीको अहिलेको मुल्य १ सय ४० मिलियन युरो रहेको छ ।

७. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)– १ सय ५० मिलयन युरो

म्यानचेस्टर सिटीमा ब्रुइने पेप ग्वार्डिओलाका महत्वपूर्ण खेलाडी मध्येका एक हुन् । हालै रियल म्याड्रिडलाई हराउँदा उनको भूमिका महत्वपूर्ण रहेका थियो । उनी विश्वका महंगा खेलाडीको सुचिमा उनी सातौं नम्बरमा छन् ।

६. हेरी केन (टोटेनहम) – १ सय ५० मिलयन युरो

टोटेनहम तथा इग्ल्यान्डका कप्तान हरी केन पछिल्लो वर्ष वर्षमा खतनराक खेलाडी मध्येका एक हुन् । उनका लागि पनि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ ।

५. मोहम्मद सलाह (लिभरपुल)– १ सय ५० मिलयन युरो

प्रिमियर लिगका चर्चित खेलाडी मध्येका एक । जसले पछिल्ला वर्षहरुमा लिभरपुललाई सफलता दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलाडी छन् । उनको मुल्य पनि ब्रुइने, केनको जस्तै १ सय ५० मिलियन युरारेहेका छ ।

४. साडियो माने (लिभरपुल)– १ सय ५० मिलियन युरो

सालह जस्तै माने पनि लिभरपुलका महत्वपूर्ण खेलाडी मध्येका हुन् । गत सिजन टोलीलाई च्याम्पियन्स लिग विजेता बनाउँदा होस् वा यसपटक टोलीको उच्च प्रदर्शनमा उनको भूमिका विशेष रहँदै आएको छ ।

३. नेयमार (पेरिस सेन्ट जर्मेन) – १ सय ६० मिलियन युरो

अहिले पनि मुल्यमा शीर्ष ३ भित्र रहेपनि बार्सिलोनाबाट पिएसजी गएयता नेयमारको मुल्य घट्दै आएको छ । उनी पिएसजी पुगेपछि टोलीले च्याम्पियन्स लिगमा बलियो दाबेदारी प्रस्तुत गर्ने अनुमान गरिएपनि त्यस्तो हुन सकेको छैन ।

२. रहिम स्टरलिङ (म्यानचेस्टर सिटी) –१ सय ६० मिलियन युरो

म्यानचेस्टर सिटीले आउने दुई सिजन च्याम्पियन्स लिग खेल्न नपाउने भएपछि स्टरलिङले नयाँ गन्तव्य रोज्ने सम्भावना छ । त्यस्तोमा उनको मुल्य पनि नेयमारकै बराबरको रहेको छ ।

१. केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन) – २ सय मिलियन युरो

सबैभन्दा मंहगो फुटबलका रुपमा फ्रान्सेली युवा स्टार एमबाप्पे रहेका छन् । विश्व कप विजेता समेत रहेका २१ वर्षे एमबाप्पले लिग वानमा टोलीका लागि उच्च प्रदर्शन गरिरहेका छन् । उनीबाट अझै उच्च प्रदर्शनको अपेक्षा राखिएको छ ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०३:३१

क्वारेनटाइन तोडेपछि जोभिचलाई गिरफ्तार गर्ने चेतावनी