प्रधानमन्त्रीले देशवासीका नाममा आज सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन्। देश मा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला प्रधानमन्त्रीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्रीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने बताइएको छ। प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार कोरोना भाइरसबाट नेपाललाई सुरक्षित राख्न सरकारले चालेकोक कदम र चाल्नुपर्ने अन्य कदमलाई लिएर उनले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीले सिंहदरबारबाट बजे देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रममा अन्य संचार गृहका कुनै पनि पत्रकारलाई भने प्रवेश दिइने छैन। केहि हप्ता अगाडी मात्र मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन पत्रकारहरुको प्रवेशमा रोक लगाइएको हो।

प्रधानमन्त्री सम्बोधन अपडेट 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीबाट शुक्रबार साँझ ६ बजे देशबासीका नाममा सम्बोधन हुने जानकारी दिएका छन्।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०८:४७

नेपाललाई लकडाउन गर्ने तयारी, उच्चस्तरीय समन्वय समितीको आकष्मिक बैठक डाकियो !