प्रजातन्त्र सेनानी रेग्मीको निधन!

सांकेतिक तस्विर

प्रजातन्त्र सेनानी एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज अपराह्न निधन भएको छ । लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको हो । विसं २०३१ को स्याङ्जा बमकाण्डका नायक तथा बीपी कोइरालाको प्रवासकालीन अनुयायी र निष्ठावान् लोकतान्त्रिक आन्दोलनका रुपमा स्थापित नेताको निधनले अपूरणीय क्षति पुगेको काँग्रेस स्याङ्जाका सभापति बुद्धिबहादुर रानाले बताए  ।

विसं २०२८ मा तत्कालीन पञ्चायती शासनका विरुद्धमा रगतले हस्ताक्षर गरी आन्दोलनमा लाग्ने टोलीमध्येका एक उनि पनि थिए  । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले आठ वर्ष प्रवास र आठ वर्ष कारागारमा जीवन बिताउनुभएको नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सचिव दामोदर लम्सालले बताए  । रेग्मी केही महीनाअघि भएको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार भई पराजित भएका थिए ।

रेग्मीका श्रीमती र दुई छोरी छन्  । सोमबार रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिपछि रामनदीधाम राम्दीमा दाहसंस्कार गरिने काँग्रेस स्याङ्जाका सभापति रानाले बताए ।

प्रकाशित : आइतबार, चैत १६, २०७६१२:१८

क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरी हवल्दारलाई ब्याटले हिर्काएपछि…