प्रदेश सरकारद्वारा बेसाहारा, अतिविपन्न, वृद्धवृद्धा तथा मजदुरलगायतका परिवारला खाद्य सामग्री वितरण शुरु

सुदूरपश्चिमई प्रदेश सरकारद्वारा बेसाहारा, अतिविपन्न, वृद्धवृद्धा तथा मजदुरलगायतका परिवारला राहतस्वरुप खाद्य सामग्री वितरण शुरु गरिएको छ ।

माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनले छाक टार्न समस्यामा परेकालाई विभिन्न सङ्घसंस्था तथा व्यक्तित्वसँग समन्वय गरेर प्राप्त भएको राहत सामग्री मुख्यमन्त्री त्रिलोचन भट्टको हातबाट वितरण गरिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।

प्रदेश सरकारले खासगरी गरिब, अतिविपन्न, मजुदरलाई विभिन्न राहत व्याकेज बनाएर राहत बाँड्ने कार्यक्रमअन्तर्गत दुःखी, असहाय, वृद्धवृद्धालाई खाद्यान्नको अभाव नहोस् भनेर कैलालीका पाँच स्थानमा खाद्यान्न वितरण गरेको छ । अतिविपन्न, बेसहारा, गरिबलगायतका लागि काम गर्दै आएका धनगढीको दृष्टि फाउण्डेशन र नेपाल मानव सेवा समाज, अत्तरियाको महिला तथा बालबालिका सेभ हाउस र अपाङ्ग विद्यालय र बर्दगोरियाको सहारा घर प्रत्येकलाई १००-१०० पोका दरले जम्मा १३ क्विन्टल खाद्यान्न सामग्री वितरण गरिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए।

वितरण गरिएका सामग्रीमा चामल, दाल, तेल, चिनीलगायतका खाद्यान्न रहेका छन् । “खाद्य सङ्कट भएका जिल्लामा पनि राहतस्वरुप ती सामग्री पुर्याउने गरी प्रदेश सरकारले तयारी अगाडि बढाएको छ”, मन्त्री सुवेदीले भने, “त्यस्ता श्रमिक वर्ग जो खाना नपाएका छन् उनीहरुका लागि पनि खाद्य सङ्कटबाट प्रदेशका कोही पनि जनता भोकभोकै बस्नु र मर्नु नपरोस् भन्ने उद्देश्यका साथ खाद्यान्नको व्यवस्थाका लागि प्रदेश सरकार क्रियाशील भएर लागेको छ ।” आजबाट शुरु गरिएको राहतको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने मन्त्री सुवेदीको भनाइ छ ।

प्रकाशित : शनिबार, चैत २२, २०७६०५:२१

दैनिक उपभोग्य सामग्रीको पसल तीन घण्टा मात्रै खुल्ने, ग्राहकसँग सामाजिक दूरी तीन फिट कायम गर्न अनुरोध