प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य सङ्ख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग टेलिफोन संवाद गरेका छन्।
कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020
कोरोना भाइरसको सङ्क्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राखेको हो ।
While expressing concern over the safety of Nepalis in Bahrain during this difficult period, I thanked the Government of Bahrain for the cooperation extended to them.
I will continue conversation with other Heads of Government.— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020
प्रधानमन्त्री ओलीले आज ट्वीट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाएका छन्।