कोरोना देखिएपछि ‘सिल’ गरिएको सनसिटीको यस्तो छ अवस्था, हेर्नुहोस् पाँच तस्विरमा ! [फोटो फिचर]

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना भाइरस लागेका दुई जना सङ्क्रमित भेटिएको पुुष्टी भए पछि अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ भने त्यहा १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेको छन् उक्त लकडाउनको बेला कौसीबाट बाहिर नियालीरहेका एक परिवार ।

काठमाडौँ – काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना भाइरस लागेका दुई जना सङ्क्रमित भेटिएको पुुष्टी भए पछि अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ भने त्यहा १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेका छन् उक्त लकडाउनको बेला त्रसितमुुद्रामा एक युवा फोनमा कुरा गर्दै ।

सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए । उनीहरुको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना भाइरस लागेका दुई जना सङ्क्रमित भेटिएको पुुष्टी भए पछि अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ भने त्यहा १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेको छन् उक्त लकडाउनको बेला कौसीबाट बाहिर नियालीरहेका एक परिवार ।

उनका अनुसार तीन जनामध्ये अपार्टमेन्टमा बसेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि पुनः परीक्षण गरिने उनले जानकारी दिए ।

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना लागेका दुई जना सङ्क्रमित भेटिएको पुुष्टी भएको छ । साथै हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ भने त्यहाँ १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेका छन् ।

अहिले तीनै जनालाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचार भइरहेको छ । सह प्रवक्ता डा अधिकारीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने सबैको परीक्षण आजैबाट शुरु गर्ने र सङ्क्रमितहरुका नजिकका आफन्तका कन्ट्र्याक ट्रेसिङ पनि आजैबाट शुरु गरिनेछ ।

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना लागेका दुई जना सङ्क्रमित भेटिएको पुुष्टी भएको छ । साथै हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ भने त्यहा १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेका छन् ।

योसँगै १६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । हिजो सोमबार दुई जनामा सङ्क्रमण देखिएको थियो । उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल’ गरेको थियो ।

प्रकाशित : मङ्गलबार, बैशाख ०२, २०७७१०:०८

दाङमा पनि कोरोना सङ्क्रमित भेटिए भनेर फेसबुकमा लेख्ने पक्राउ…