कोरोना भाइरस विरुद्ध लड्न कोरोना जस्तै तत्वको प्रयोग, नाक स्प्रेको निर्माण गरिँदै !

एजेन्सी – अनुसन्धानकर्ताहरु डीएनएमा आधारिक कोरोना भ्याक्सिनको निर्माणको कार्यमा जुटेका छन्। क्यानडामा रहेको एक विश्वविद्यालयक अनुसन्धानकर्ताहरु डीएनएमा आधारिक उक्त कोरोना भ्याक्सिनको निर्माणमा जुटेका हुन्।

भ्याक्सिन एकदमै सहज तरिकाले प्रयोग गर्न सकिने गरी निर्माण गर्ने अनुसन्धानकर्ताहरुको तयारी छ। नाक स्प्रेको रूपमा उपलब्ध गरिने उक्त भ्याक्सिन बारे विस्तृत अनुसन्धान वाटरलू विश्वविद्यालयमा भइरहेको छ।

वाटरलू विश्वविद्यालयका अन्वेषकहरू उक्त भ्याक्सिनको निर्माण बारे विस्तृत अध्ययन गर्दैछन्। डीएनएमा आधारित उक्त खोपले कोरोना संक्रमितको शरीरमा पहिले देखि नै रहेको ब्याक्टेरिया भित्र प्रतिलिप्त भएर काम गर्ने बताइएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार श्वास-प्रस्वास प्रणालीमा उक्त भ्याक्सिनमा रहेको डीएनए नाक हुँदै प्रवेश गरेर कम गर्नेछ। उक्त भ्याक्सिनको मुख्य कार्य श्वास-प्रस्वास प्रणालीमा प्रवेश गरेर कोरोना विरुद्ध प्रतिरक्षा उत्पन्न गराउने हुन्छ। यस्तो प्रक्रियालाई ब्याक्टेरियोफेज भनिने र सोहिमा आधारित भएर भ्याक्सिन तयार पारिने अनुसन्धानकर्ताहरु बताउँछन्।

कोरोना विरुद्ध शरीरमा एन्टीबडी उत्पन्न गराउन उक्त भ्याक्सिनले भाइरस जस्तै तत्वको उत्पादन गर्ने बताइएको छ। उक्त तत्व कोरोना भाइरस जस्तै हुने र शरीरमा कोरोना फैलिने सिमा पनि सीमित गरिदिनेछ।

प्रस्तावित खोपको निर्माण बारे अनुसन्धानमा हाल तीन बिभिन्न टोलीहरु खटिएका छन्। एक टोलि डेलिभरी प्रणालीको डिजाईनमा काम गरिरहेको छ भने अर्को नाक स्प्रे डिजाइनमा जुटेको छ। यस्तै अर्को एक टोलि कोरोना विरुद्ध शरीरमा प्रतिरक्षा बढाउने भाइरस जस्तै तत्वको निर्माण र शुद्धिकरणमा जुटेको छ।

यस भ्याक्सिन बारे विस्तृत अनुसन्धान भैरहेको भएपनि यसले अनुमति भने पाइसकेको छैन। यस भ्याक्सिनको अनुसन्धान सहि दिशामा गइरहेको र सकारात्मक परिणाम आएमा आउने समयमा निर्माण कार्य र परिक्षण कार्य शुरु हुने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

प्रकाशित : आइतबार, बैशाख ०७, २०७७०४:३०

डायनासोरलाई समेत सजिलै चपाउन सक्ने यो जनावर के हो ? हेर्नुहोस् !