बेकह्यामको नजरमा रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट ! भन्छन् – ‘उनको ठाँउमा कोहि पुग्न सक्दैन’

एजेन्सी – पछिल्लो एक दशकदेखि दुई सुपर स्टार अर्जेन्टिनी लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट बहस चलिरहेको छ । समय क्रममा धेरैले आ आफ्नो विचार राख्दै आएका छन् । यहि क्रममा इंगल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले दुई खेलाडीको तुलना गर्दै मेस्सी उत्कृष्ट रहेको बताएका छन् ।

खेल जीवनको उत्तर्रार्द्धमा आएका यी दुई सुपर स्टारले अहिलेसम्म ११ पटक बालोन डी ओर जितेका छन् । मेस्सीले ६ पटक जित्दा रोनाल्डोले पाँच पटक यो प्रतिष्ठित उपाधि हात पारेका छन् । ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् । उनको ठाँउ अर्को खेलाडीलाई पुग्न असम्भव छ ,’ बेकह्यामले भने, ‘एउटा खेलाडीका रुपमा उनी जस्तो अर्को कोही छैन । ‘

इंग्ल्यान्डका पूर्वकप्तानले रोनाल्डो पनि आफूलाई मन पर्ने बताएका छन् । ‘मलाई रानाल्डो पनि म पर्छ । यी दुईमा क्षमताका आधारमा केहि समानता पनि छ । यी दुई खेलाडी एकै समय फुटबलमा रहनु अद्भुत हो,’ बेकहमले थपे,’ तर , मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

युभेन्ट्सका रोनाल्डोले बेकह्याको पथ पछ्याउँदै म्यानचेस्टर युनाइटेड र त्यसपछि रियल म्याड्रिडबाट खेले । तर रोनाल्डो र बेकहमले कुनै पनि प्रतिस्पर्धामा एकअर्काको सामना गरेनन् । तर पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दा बेकहमले सन् २०१३ मा बार्सिलोनका सुपरस्टार मेस्सीविरुद्ध खेलेका थिए । च्याम्पियन्स लिगको नकआउट चरणमा पीएसजीलाई रोक्दै बार्सिलोना अगाडी बढेको थियो ।

प्रकाशित : आइतबार, बैशाख ०७, २०७७१३:५०

“मेरो मित्रता रोनाल्डोसँग भएपनि मेस्सी नै अब्बल”