“मेरो मित्रता रोनाल्डोसँग भएपनि मेस्सी नै अब्बल”

एजेन्सी – पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो भन्दा बार्सिलोनाका फरवार्ड लियोनलल मेस्सी अब्बल भएको म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायन रुनीले बताएका छन् । रुनी र रोनाल्डोको जोडीले युनाइटेडका लागि थुप्रै उल्लेख प्रदर्शन गरेका छन् ।

बार्सिलोना र युनाइटेडबीच सन् २००९ र २०११ को च्याम्पियन्स लिग फाइनलमा भेट भएको थियो । दुवैमा युनाइटेड हारेको थियो । त्यसै दौरान आफुले मेस्सीको क्षमता देखेको रुनीले सुनाए । मेस्सीकै प्रभावशाली प्रदर्शनमा बार्सिलोना च्याम्पियन बनेको थियो ।

‘रोनाल्डो बक्समा एकदमै निर्दयी हुन्छन् । आक्रामक हुन्छन् । तर मेस्सीमा त्यस्तो छैन , ‘उनले भने, ‘उनीबाट जो कोहि पनि प्रभावित हुनेछ । उनले विपक्षीलाई एकदम समस्यामा पार्छन् । उनी एकदमै रमाइला छन् । यी दुई बीच खेल्ने शैली पनि फरक छ । उनीहरु बीच समानता छैन । ‘

रुनीले आफ्नो मित्रता रोनाल्डोसँग भने पनि रोज्नु पर्दा मेस्सी रोज्ने बताएका थिए । उनले भने,’ मेरो लागि जाभी र स्कल्स रोजे जस्तै हो । स्कोल्ससँग म व्यक्तिगत रुपमा नजिक भएपनि जाभी नै खेलाडीका रुपमा अब्बल छन् ।’

प्रकाशित : मङ्गलबार, बैशाख ०९, २०७७१०:२६

बार्सिलोना फिर्ता आउन खोजिरहेका नेयमारलाई सुझाव- “पहिले आफ्नो ‘बेहोरा’ र ‘एटिट्युड’ सुधार”