बार्सिलोना फिर्ता आउन खोजिरहेका नेयमारलाई सुझाव- “पहिले आफ्नो ‘बेहोरा’ र ‘एटिट्युड’ सुधार”

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार लगातार पूर्वक्लब बार्सिलोना फर्किन प्रयासरत छन्। गत ट्रान्सफर विन्डोमा प्रयास असफल भएपनि उनले हार मानेका छैनन्। अझै पनि बार्सिलोना फर्किने उनको प्रयास जारी छ।

यता बार्सिलोना पनि उनलाई फिर्ता ल्याउन धेरै नै इच्छुक देखिएको छ। पछिल्लो समय नेयमार बार्सिलोनामा विभिन्न खेलाडीसंग जोडिन थालेको बताइन्छ। उनी बार्सिलोनाका मूख्य खेलाडीहरुसँग अहिले देखि नै राम्रो सम्बन्ध स्थापित गर्ने कार्यमा जुटेको दावी गरिन्छ।

नेयमरले बार्सिलोना फर्किने चरम इच्छा जाहेर गरिरहँदा बार्सिलोनाका केहि खेलाडी भने नेयमारले आफ्नो ‘बानि-बेहोरा’मा परिवर्तन गर्नुपर्ने पक्षमा छन्। नेयमरले बार्सिलोनामा ठाउँ बनाउन मनोवृत्ति परिवर्तन गर्नुपर्ने धेरै खेलाडीको बुझाई छ। मुन्डो डिपोर्टिभोका अनुसार नेयमारसँगको पुनर्मिलनलाई लिएर बार्सिलोनाका धेरै खेलाडी उत्साहित भएतापनि उनीहरु नेयमारले “एटिट्युड” सुधार्नुपर्ने पक्षमा छन्।

सन् २०१७मा बार्सिलोना छाडेर पीएसजी जाँदा नेयमारले बार्सिलोना माथि गरेको व्यवहार धेरैलाई चित्त नबुझेको र त्यसले समर्थकहरुलाई समेत रुष्ट बनाएको बताइन्छ। यस कारण नेयमारले समर्थक माझ माफी समेत माग्नुपर्ने चर्चा हुन थालेको छ। फ्रान्स पुगेपछि ‘ला लिगा’ र बार्सिलोना क्लब बारे नकारात्मक टिप्पणी गरेका नेयमारले समर्थक माझ माफी माग्नुपर्ने नेयमार निकट बार्सिलोना खेलाडीहरुकै बुझाइ रहेको मुन्डो डिपोर्टिभोले जनाएको छ।

हाल पीएसजीमा एक हप्ताको ६ लाख युरो पारिश्रमिक पाइरहेका उनी बार्सिलोनामा ३ लाख पारिश्रमिकमा काम गर्न पनि राजि भएको बताइन्छ। २८ वर्षीय नेयमार २०१७ मा २२२ मिलियन पाउन्डमा विश्व कीतिमानी मुल्यमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । चोट र इन्ज्युरीका कारण केही खेल गुमाएपनि नेयमारले यो सिजन २२ खेलमा १८ गोल र १० असिस्ट दिएका छन् ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०२:०९

कोस्टाको नजरमा रोनाल्डो होइन यी खेलाडी हुन् युभेन्टसका सबै भन्दा बलिया खेलाडी !