कोस्टाको नजरमा रोनाल्डो होइन यी खेलाडी हुन् युभेन्टसका सबै भन्दा बलिया खेलाडी !

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका ब्राजिलियन मिडफिल्डर डग्लस कोस्टाले युभेन्टसका सबैभन्दा बलियो खेलाडीको चयन गर्दा फरवार्ड पाउलो डिबाला रोजेका छन् ।

कोस्टाले इन्स्टाग्राम लाइभका दौरान समर्थकले राखेको प्रश्नमा डिबाला नै सबैभन्दा बलियो खेलाडी रहेका बताएका हुन् । क्रिस्टियानो रोनाल्डो पनि पछिल्लो दुई सिजनयता युभेन्टसबाट नै खेलिरहेका छन् । कोस्टा सन् २०१७ मा लोनमा बायर्न म्युनिखबाट आएयता नियमित क्लबमा छन् ।

जारी सिजन रोनाल्डोले सिरी ए मा २२ खेल खेल्दै २१ गोल र ३ असिस्ट प्रदान गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सुचिमा लाजियोका चिरो इम्मोबिलेभन्दा ६ गोलले पछाडी छन् । युभेन्टसका पाउलो डिबालाले १७ खेलमा सुरुवात गर्दै ७ गोल र ४ असिस्ट दिएका छन् ।

अर्का फरवार्ड हिगुआइनले १६ खेल सुरुवात गर्दै ५ गोल गरेका छन् । मिडफिल्डर कोस्टा आफैंले भने ६ खेलमा सुरुवात गर्दै ३ असिस्ट प्रदान गरेका छन् । चोटका कारण उनले सिजनका अधिकांश खेल गुमाउन पुगेका हुन् । कोस्टा हाल लिग बन्द रहेका कारण ब्राजिलमा नै रहेका छन् ।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७०४:४०

आफूलाई ‘रियल रोनाल्डो’ भन्ने गरेको बारे ब्राजिलियन रोनाल्डोको यस्तो टिप्पणी !