“कोरोना नियन्त्रण गर्नुपर्ने समयमा ओलीले `बेमौसमी बाजा´ बजाए”

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरस महामारीका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेमौसमी बाजा बजाएको आरोप लगाएका छन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गर्ने सरकारको निर्णय प्रति टिप्पणी गर्दै नेता शर्माले सामाजिक संजाल मार्फत प्रधानमन्त्री ओलीले बेमौसमी बाजा बजाएको आरोप लगाएका हुन्।

सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनुपर्ने अवस्थामा राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गरिनु वान्चानिय नहुने उनको तर्क छ।

“`बेमौसमी बाजा´ नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो । नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ ।”, सामाजिक संजालमा शर्माले लेखेका छन्।

देश कोरोना भाइरस संक्रमणसँग जुधिरहेका बेला सरकारले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गर्ने निर्णय गरेको छ। अध्यादेश संशोधन गर्ने सरकारको निर्णयको अहिले चौतर्फी विरोध भैरहेको छ।

यस निर्णयले सत्तारुढ नेकपा भित्रै भूकम्प गएको अवस्था छ। कुनै पनि पार्टी फुटाउन ४० प्रतिशत समर्थन भए पुग्ने गरी संशोधन गर्न लागीएपछि नेकपा भित्रका पूर्व एमाले र पूर्व माओवादी पक्ष बीच मतभिन्नता उत्पन्न भएको छ।

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७१२:३२

दुबईबाट आएका एक पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ, आइसोलनमा भर्ना !